सरकारले खोल्यो सुपारी, मरिच र केराउको अयात

Garima_Business-Loan3

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले औद्योगिक प्रयोजनको लागि बन्देज गरिएको सुपारी, मरिच (सेतो र कालो) र केराउको अयात खुला गरेको छ । । मन्त्रालयले सोमबार राजपत्रमा सुचना सार्वजनिक गर्दै औद्योगिक प्रयोजनको लागि सुपारी, मरिच र केराउको अयात खुला गरेको जनाएको छ ।

यसअघि उत्पादनमूलक उद्योगलाई औद्योगिक प्रयोजनको लागि आवश्यक पर्ने कच्चापदार्थ सुपारी, मरिच र केराउको आयातमा रोक लगाइएकोमा अब जुनसुकै औद्योगिक प्रयोजनको लागि ती वस्तुहरूको आयात खुुला गर्ने ‘लबिङ’मा मन्त्रालय लागेको थियो । लामो समयदेखि अन्य उद्योगहरूले यी सामग्री आयात गर्न नपाएको कारण उद्योगहरूले समस्यामा परेको गुनासो गर्दै आएकोमा त्यसलाई समाधान गर्नका लागि मन्त्रलाय अघि बढेको मन्त्रालयका एक अधिकारीले बताए ।

उद्योगीहरूले सीमित क्षेत्र छुटाएर मात्र ती वस्तुको आयात गर्न दिँदा अन्य उद्योगहरू समस्यामा परेको उद्योगीहरूले गुनासो गरेका थिए । कच्चा सुपारी, मरिच र केराउ प्रयोग हुने उद्योगहरू मुलुकमा प्रशस्त भएकाले उनीहरूले यसको आयात खुला गर्न माग गर्दै आएका थिए ।

२०७६ चैत २४ गते सुपारी, मरिच र केराउको आयातमा प्रतिवन्द लगाएकोमा हाल आएर प्रतिवन्ध फुकुवा गरेको हो । नेपाल सरकारले निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ को दफा ३ को उपदफा (१) बमोजिम वस्तु पैठारीमा लगाएको बन्देज सोहि ऐनको दफाको उपदफा २ ले दिएको अधिकार प्रयोग गरी पैठारी खुल्ला गरेको राजपत्रमा जारी गरिएको सूचनामा भनिएको छ ।

सुपारी, मरिच र केराउ नेपाली बजारमा उपभोगभन्दा पनि तस्कर गरी भारत निर्यात व्यापार गर्ने हुँदा सरकारले यसको आयातमा बन्देज गर्नुपर्ने मन्त्रालयका आधिकारीहरु बताउछन् । भारतमा गुट्खा उद्योग प्रशस्त रहेको र खपत बढी हुने भएकाले सुपारी आयातमा बन्देज लगाइएको छ । यही कारण नेपाली व्यवसायीले इन्डोनेसियाबाट सुपारी ल्याई भारत पठाउने गरेका छन् । खुला सिमानको फाइदा उठाउँदा सिमानामा रहेका नेपाली तथा भारतीय व्यवसायीको मिलेमतोमा सुपारी, मरिच, केराउ र छोकडालगायतका सामग्रीहरूको तस्करी हुनेगरेको पाइन्छ । नेपाली बजारमा भने पछिल्लो समय चाडबाड नजिकिएसँगै यी सामग्रीको माग बढ्ने व्यवासायीको भनाइ छ ।

यसअघि सरकारले औद्योगिक प्रयोजनका २०७९ असार मसान्तसम्ममा सुपारी, मरिच र केराउको अयाात खुला गर्ने निर्णय गरेको थियो । सरकारले ‘उत्पादमूलक उद्योगलाई औद्योगिक प्रयोजनको लागि आवश्यक पर्ने कच्चापदार्थ सुपारी, केराउ र मरिचको पैठारीलाई व्यवस्थित गर्नेसम्बन्धी कार्यविधि, २०७८’ निर्माण गरी ती वस्तुहरूको आयात खुला गरेको थियो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार