बिहीबारदेखि आइतबारसम्म पानी पर्ने, राती सुरक्षित रहन मौसम पूर्वानुमान महाशाखाको चेतावनी

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । बंगालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्र हावा साथै त्यस क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको कारण असोज १० गते बिहीबार दिउँसोदेखि असोज १३ (आइतबार)सम्म रहने पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

जसको प्रभाव स्वरुप देशभर साधारणतयादेखि पूर्णतया बदली रही अधिकांश स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको तथा कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरु तथा ममधेश प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा भारी देखि धेरै भारी वर्षको सम्भावना रहेको विभागले जानकारी दिएको छ ।

साथै तराई भू–भागका केही स्थानहरुमा हावाहुरीको समेत सम्भावना छ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार