नेपाल बैंकका ग्राहकले दराज मार्फत सामान खरिद गरी भुक्तानी गर्दा छुट पाउने

काठमाडौं । नेपालको बैंक नेपाल बैंकका ग्राहकले र अनलाइन ई कमर्स प्लेटफर्म दराज केयमु प्रा.लि. दराजको अनलाईन पोर्टल मार्फत सामान खरिद गर्दा छुट पाउने भएका छन् ।

नेपाल बैंकले आफ्ना ग्राहकहरुलाई छुट प्रदान गर्न इ-कमर्स प्लेटफर्मसंग साझेदारीलाई निरन्तरता दिएको छ । बैंकका निक्षेपकर्ताहरुले दराजद्वारा अनलाइन सामान खरिद गर्दा डेबिट कार्डको माध्यम मार्फत अग्रिम भुक्तानीमा १०% वा अधिकतम रु १,५०० सम्म छुट हुने र क्रेडिट कार्डको माध्यम मार्फत अग्रिम भुक्तानीमा १५% वा अधिकतम रु २,००० बराबरको छुट पाउन सक्ने बैङकले जनाएको छ  । छुट प्राप्त गर्नको लागि नेपाल बैंकको शाखाहरुमा सम्पर्क गरि ग्राहकहरुले आफ्नो कार्डमा इ-कमर्स समावेश गर्नुपर्ने भएकोले बैंकले ग्राहकहरुलाई आफ्नो कार्डमा इ-कमर्स समावेश गर्न डेबिट कार्ड र क्रेडिट कार्डको लागि आवेदन दिन समेत आग्रह गरेको छ ।

बैङ्कले यो योजना २०८१ साल असोज ११ गते देखि २०८१ साल असोज २१ सम्म लागू हुने जनाएको छ  ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार