९३ प्रतिशतले बढ्यो बैंक तथा वित्तीय संस्थाको गैरबैंकिङ सम्पत्ति

काठमाडौं ।  नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको गैरबैकिङ सम्पत्तिमा अत्याधिक बढेको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउनसम्म बैंक तथा वित्तीय संस्थाहरुको गैर बैंकिङ सम्पत्ति ३६ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ९३.३६ अर्थात् १७ अर्ब ८२ करोड रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको गैरबैंकिङ सम्पत्ति १९ करोड ९ लाख रुपैयाँ रहेको थियो ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले घरजग्गामा प्रवाह गरेको कर्जा उठ्न नसक्दा ती संस्थाहरुमा गैरबैंकिङ सम्पत्ति बढ्न पुगेको विज्ञहरु बताउछन् । विज्ञहरुका अनुसार सरकार तथा राष्ट्र बैंकलाई घरजग्गा अनुत्पादक क्षेत्र रहेको र लगानी गर्न सुझाव दिदाँ अटेर गरेको परिणामा स्वरुप गैरबैंकिङ सम्पत्ति हरेक बैंक तथा वित्तीय संस्थाहरुमा थुप्रिन पुगेको हो ।

समीक्षा अवधिमा सबैभन्दा बढी गैरबैंकिङ सम्पत्ति आर्जन गर्नेमा वाणिज्य र्बैंक, विकास बैंक र वित्त कम्पनी रहेका छन्, यसो हुनमा भने उनीहरुको चुक्ता पूँजीको आकारले गर्दा पनि हो । चालु आर्थिक वर्षको साउनसम्म वाणिज्य बैंकको गैरबैंकिङ सम्पत्ति ३१ अर्ब ३६ करोड ३० लाख रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको भन्दा १२ अर्ब २६ करोड ७० लाख रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा वािणज्य बैंकको गैरबैंकिङ सम्पत्ति १५ अर्ब ५१ करोड ४० लाख रुपैयाँ रहेको थियो ।

चालु आर्थिक वर्षको साउनसम्म विकास बैंकको गैरबैंकिङ सम्पत्ति ३ अर्ब ५९ करोड ३० लाख रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको तुलनामा १ अर्ब २० करोड रुपैयाँले गैरबैंकिङ सम्पत्ति बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा विकास बैंकको गैरबैंकिङ सम्पत्ति २ अर्ब ३८ करोड ९० लाख रुपैयाँ रहेको थियो ।

चालु आर्थिक वर्षमा वित्त कम्पनीहरुको गैरबैंकिङ सम्पत्ति १ अर्ब ९६ करोड ९० लाख रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको भन्दा गैरबैंकिङ सम्पत्ति ७७ करोड ७० लाख रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा वित्त कम्पनीहरुको गैरबैंकिङ सम्पत्ति १ अर्ब १९ करोड २० लाख रुपैयाँ रहेको थियो । बैंक तथा वित्तीय संस्थाहरूले नउठेको कर्जाको धितो लिलामी बिक्री नभएमा आफैंले सकार्नु पर्ने वाध्यताका कारण गैरबैकिङ सम्पत्ति बढेको हो । सकारेपछि यस्तो सम्पत्ति सकेसम्म चाँडै बिक्री गर्नुपर्ने नियम रहेको छ भने त्यसो गर्न नसकेको अवस्था अहिलेका बैंक तथा वित्तीय संस्थामाथि रहेको छ । अर्कोतर्फ गैर–बैंकिङ सम्पत्ति सकार गरेकै समयबाट बैंकहरूले यसको जोखिमबाट बच्न शत प्रतिशत बराबर रकम प्रावधानमा राख्नुपर्ने व्यवस्था गरिएको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार