८ अर्बले घट्यो बैंक तथा वित्तीय संस्थाको हायर पर्चेज कर्जा

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको हायर पर्चेज (सवारी साधन) कर्जा वितरण घटेको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउनसम्म बैंक तथा वित्तीय संस्थाहरुको सवारी साधन कर्जा वितरण १ खर्ब २४ अर्ब १४ करोड रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ६.२६ अर्थात् ८ अर्ब २९ करोड रुपैयाँले कमी हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले सवारी साधन खरिदबिक्रीका लागि १ खर्ब ३२ अर्ब ४४ करोड रुपैयाँ वितरण गरेको थियो ।

पछिल्लो समय अर्थतन्त्र चलायमान हुन नसक्दा यसको यातायात क्षेत्रमा समेत परेको बैंकरहरु बताउछन् । बैंकरहरु अनुसार बैंक तथा वित्तीय संस्थाले सवारी साधन कर्जा प्रवाहको लागि निरन्तर प्रयास गरे पनि कर्जा लिने व्यक्तिको अभावमा समस्या देखिएको हो ।

चालु आर्थिक वर्षको साउनसम्म वाणिज्य बैंकले सवारी साधन कर्जास्वरुप १ खर्ब ६ अर्ब ८६ करोड रुपैयाँ वितरण गरेको छ । जुन गत आर्थिक वर्षको भन्दा ४ अर्ब ६६ करोड ५० लाख रुपैयाँले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा वािणज्य बैंकले सवारी साधन कर्जास्वरुप १ खर्ब ११ अर्ब ७३ करोड रुपैयाँ प्रवाह गरेको थियो ।

चालु आर्थिक वर्षको साउनसम्म विकास बैंकले सवारी साधन कर्जास्वरुप १३ अर्ब ८२ करोड २० लाख रुपैयाँ वितरण गरेको छ । जुन गत आर्थिक वर्षको तुलनामा ३ अर्ब ३४ करोड रुपैयाँले कमी हो । गत आर्थिक वर्षको सोहि अवधिमा विकास बैंकले सवारी साधन कर्जास्वरुप १७ अर्ब १७ करोड १० लाख रुपैयाँ वितरण गरेको थियो ।

चालु आर्थिक वर्षमा वित्त कम्पनीहरुले सवारी साधन कर्जास्वरुप ३ अर्ब २५ करोड ८० लाख रुपैयाँ वितरण गरेको छ । जुन गत आर्थिक वर्षको भन्दा २८ करोड १० लाख रुपैयाँले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा वित्त कम्पनीहरुले सवारी साधन कर्जास्वरुप ३ अर्ब ५३ करोड ९० लाख रुपैयाँ वितरण गरेको थियो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार