काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य हालसम्म कै उच्च पुगेको छ । बिहीबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार बिहीबार छापावाला सुन प्रतितोला १ लाख ६० हजार ७०० रुपैयाँ तोकिएको छ । । बुधबार छापावाला सुन प्रतितोला १ लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
आइतबारदेखि निरन्तर बढेको सुनको मूल्य बिहीबारसम्म बढेको हो ।
चाँदीको मूल्य भने स्थिर रहेको छ । बुधबार चाँदी एक हजार ९४० रुपैयाँमा कारोबार भएकोमा बिहीबारलाई पनि सोहि मूल्य तोकिएको छ ।