युनिलिभर नेपालले घोषणा गर्‍यो हालसम्मकै उच्च लाभांश

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले आर्थिक वर्ष २०८०/८१ सम्मको मुनाफाबाट लाभांश घोषणा गरेको छ । बुधवार (आज) बसेको कम्पनी सञ्चालक समिति बैठकले शेयरधनीलाई प्रतिकित्ता १ हजार ७१४ रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । सो सँगै उक्त रकम कम्पनीले वितरण गरेको लाभांशमध्ये हालसम्मकै उच्च हो ।

यसअघि कम्पनीले आर्थिक वर्ष (आव) २०७९/८० मा १ हजार ५८० प्रतिशत नगद लाभांश दिएको थियो ।

प्रस्तावित लाभांश कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरूलाई वितरण गरिनेछ ।

लाभांश पारित गर्न कम्पनीले आगामी कात्तिक १२ गते साधारणसभा बोलाएको छ । साधारण सभा तथा लाभांश प्रयोजनका लागि कम्पनीले असोज २८ देखि कात्तिक १२ गतेदेखि बुक क्लोज गर्ने भएको छ ।

यस आधारमा हुँदा असोज २३ गतेसम्म कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार