निरन्तर घटेको शेयर बजारमा पौने ३ अर्बले बढ्यो कारोबार रकम

काठमाडौं । शेयर बजार बिहीबार पनि घटेको छ । लगातार दुई दिनसम्म घटेको शेयर बजार साताको अन्तिम दिन बिहीबार पनि दोहोरो अंकले घटेको हो । बिहीबार नेप्से परिसूचक ३२.८१ अंकले घटेर २४८६.७६ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ५.३४ अंकले घटेर ४४७.४५ विन्दुमा पुगेर बन्द भएको छ ।

बिहीबार ३२२ वटा कम्पनीको १ करोड ३६ लाख ९१ हजार ५९६ कित्ता शेयर कारोबार हुदाँ करोबार रकम ४ अर्ब ८४ करोड १४ लाख ७ हजार रुपैयाँ रह्यो । बुधबारको तुलनामा कारोबार रकम भने २ करोड ८१ लाख ८४ हजार रुपैयाँले बढेको छ । बुधबार ३२७ वटा कम्पनीको १ करोड २४ लाख ९८ हजार ९८९ कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ४ अर्ब ८१ करोड ३२ लाख २३ हजार रुपैयाँ रहेको थियो ।

बिहीबार ३९ वटा कम्पनीको शेयर मूल्य बढ्दा २०१ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ४ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

बिहीबार ११ वटा समूह सूचकहरु घट्दा २ वटा समूह सूचक भने बढेको छ । उत्पादन र प्रशोधन ०.३० र व्यापार ३५.१५ अंकले बढ्दा बैकिङ १७, विकास बैंक ५८, वित्त ५९, होटल र पर्यटन १४६, जलविद्युत ७१, लगानी २ , जीवन बीमा ११५ अंकले घटेको हो । त्यस्तै लघुवित्त ६२, म्युअुचल फण्ड ०.०६, र्निजीवन बीमा १०१ र अन्य समूह १९ अंकले घटेको छ ।

बिहीबार सबैभन्दा बढी कारोबार हुनेमा अपि पावर कम्पनी, एनएलजी इन्स्योरेन्स, सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स र नेपाल फाइनान्स रह्यो । पावर कम्पनीको ४७ करोड ९९ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सको १७ करोड ७३ लाख रुपैयाँ, सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको १४ करोड २५ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको १३ करोड ८५ लाख रुपैयाँ र नेपाल फाइनान्सको १३ करोड ३९ लाख रुपैयाँ बराबर करोबार भयो ।

 

 

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार