३ खर्बले नाघ्यो बैंक तथा वित्तीय संस्थाको विपन्न वर्ग कर्जा वितरण

काठमाडौं ।  नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुले वितरण गर्ने विपन्न वर्ग कर्जामा कमी आएको छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको कर्जा प्रवाह खुम्चिन पुग्दा विपन्न वर्ग कर्जा वितरण समेत प्रभावित बन्न पुगेको जानकारहरु बताउछन् । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउनसम्म बैंक तथा वित्तीय संस्थाहरुले विपन्न कर्जास्वरुप ३ खर्ब ७ अर्ब ७९ करोड रुपैयाँ वितरण गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १ अर्ब ७ करोड रुपैयाँले कमी हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले विपन्न कर्जास्वरुप ३ खर्ब ७ अर्ब ७९ करोड रुपैयाँ वितरण गरेको थियो ।

राष्ट्र बैंकका अनुसार वाणिज्य बैंक र विकास बैंकले विपन्न वर्ग कर्जा वितरण घटाउदा वित्त कम्पनीहरुले भने बढाएको छ । चालु आर्थिक वर्षको साउनसम्म वाणिज्य बैंकले विपन्न कर्जास्वरुप २ खर्ब ६३ अर्ब ६३ करोड रुपैयाँ वितरण गरेको छ । जुन गत आर्थिक वर्षको भन्दा ८७ करोड ६० लाख रुपैयाँले कमी हो । गत आर्थिक वर्षको सोहि अवधिमा वािणज्य बैंकले विपन्न कर्जास्वरुप २ खर्ब ६४ अर्ब ५० करोड रुपैयाँ वितरण गरेको थियो ।

चालु आर्थिक वर्षको साउनसम्म विकास बैंकले विपन्न कर्जास्वरुप ३७ अर्ब ७० करोड ६० लाख रुपैयाँ वितरण गरेको छ । जुन गत आर्थिक वर्षको तुलनामा १ अर्ब ६१ करोड ३० रुपैयाँले कमी हो । गत आर्थिक वर्षको सोहि अवधिमा विकास बैंकले विपन्न कर्जास्वरुप ३९ अर्ब ३१ करोड ३० लाख रुपैयाँ वितरण गरेको थियो ।

चालु आर्थिक वर्षमा वित्त कम्पनीहरुले विपन्न कर्जास्वरुप ६ अर्ब ४५ करोड ९० लाख रुपैयाँ वितरण गरेको छ । जुन गत आर्थिक वर्षको भन्दा ७८ करोड रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा वित्त कम्पनीहरुले विपन्न कर्जास्वरुप ५ अर्ब ६७ करोड ९० लाख रुपैयाँ वितरण गरेको थियो । सरकारले पिछडिएका तथा आर्थिक रुपमा विपन्न वर्गका नेपालीहरुलाई आय आर्जन गरी आफ्नो जीविकोपार्जन सहज बनाउनका लागि सहुलियतपूर्ण कर्जा सुविधा दिइएको पाइन्छ । यो सुविधा लिनका लागि बैंकले ग्राहकका लागि सिधै वा कुनै मध्यस्त संस्थाहरुको माध्यमबाट प्रदान गर्ने गरेको बैंकरहरु बताउछन् ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार