काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रति तोला एक लाख ६१ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रति तोला एक लाख ६० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । आज छापावाल सुन प्रति तोला ५०० रुपैयाँले बढेको हो ।
चाँदी प्रति तोला एक हजार ९५५ रुपैयाँमा करोबार भइरहेको छ ।