भदौमा जीवन बीमा कम्पनीको व्यवसाय साढे ११ अर्ब, कसको कति?

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को भदौमा जीवन बीमा कम्पनीहरुले करिब साढे साढे ११ अर्ब रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले चालु आवको भदौमा ११ अर्ब ५५ करोड २ लाख ८१ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेका हुन् ।

भदौमा प्रथम बीमाशुल्क २ अर्ब ५७ करोड १८ लाख १३ हजार रुपैयाँ, वैदेशिक रोजगार बीमाशुल्क २४ करोड ५३ लाख ९५ हजार रुपैयाँ र नवीकरण बीमा शुल्क ८ अर्ब ७३ करोड ३० लाख ७५ हजार रुपैयाँ जीवन बीमा कम्पनीहरुले संकलन गरेको नेपाल बीमा प्राधिकरणको तथ्यांकमा देखिन्छ ।

जीवन बीमा कम्पनीहरुले ४ लाख २० हजार ६८१ बीमालेख मार्फत उक्त बीमा शुल्क आर्जन गरेका हुन् ।

प्राधिकरणको तथ्यांक अनुसार भदौमा सबैभन्दा धेरै बीमाशुल्क नेपाल लाइफ इन्स्योरेन्सले संकलन गरेको छ । नेपाल लाइफ इन्स्योरेन्सले ६१ हजार ३५ बीमालेख मार्फत ३ अर्ब ३२ करोड ६७ लाख २६ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

भदौमा सबैभन्दा कम बीमा शुल्क आर्जन गर्नेमा आइएमई लाइफ इन्स्योरेन्स रहेको छ । आइएमई लाइफ इन्स्योरेन्सले ९ हजार ९६९ बीमालेख मार्फत २८ करोड ९ लाख ८० हजार रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

राष्ट्रिय जीवन बीमा कम्पनीले ५९ करोड ५९ लाख ३५ हजार रुपैयाँ, नेशनल लाइफ इन्स्योरेन्सले १ अर्ब ३१ करोड ९४ लाख ४० हजार रुपैयाँ, लाइफ इन्स्यारेन्स कर्पोरेशन (नेपाल)ले १ अर्ब २२ करोड ९४ लाख ११ हजार रुपैयाँ र मेट लाइफले ४४ करोड ४७ लाख ४९ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

यस्तै एशियन लाइफ इन्स्योरेन्सले ५४ करोड ४७ लाख ९ हजार रुपैयाँ, सन नेपाल लाइफ इन्स्योरेन्सले ३३ करोड ७ लाख ५ हजार रुपैयाँ, रिलायवल नेपाल लाइफ इन्स्यारेन्सले ३५ करोड ५० लाख १७ हजार रुपैयाँ र सिटिजन लाइफ इन्स्योरेन्सले ५१ करोड ३६ लाख ७७ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।

साथै सुर्यज्योति लाइफ इन्स्योरेन्सले ७१ करोड ६३ लाख ९१ हजार रुपैयाँ, सानीमा रिलायन्स लाइफ इन्स्योरेन्सले ४३ करोड ४ लाख ५५ हजार रुपैयाँ, हिमालयन लाइफ इन्स्योरेन्सले १ अर्ब १६ करोड ७७ लाख ७ हजार रुपैयाँ र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले २८ करोड ४५ लाख ८० हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार