कृषि तथा पशुपन्छी बीमा, चार कम्पनी घाटामा

Garima_Business-Loan3

काठमाडौं । कृषि तथा पशुपन्छी बीमामा चार बीमा कम्पनीहरु घाटामा रहेको देखिएको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८०/८१ कृषि तथा पशुपन्छी बीमा लेख जारी गर्ने १४ कम्पनीमध्ये ४ घाटामा रहेको देखिएको हो ।

कृषि तथा पशुपन्छी बीमामा घाटा खाने कम्पनीहरुमा हिमालयन एभरेष्ट इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, द ओरियन्टल इन्स्यारेन्स र नेशनल लाइफ इन्स्योरेन्स रहेका छन् ।

गत आवमा हिमालयन एभरेष्ट इन्स्योरेन्स ४ हजार १५ कृषि तथा पशुपन्छी बीमा लेख मार्फत ३ करोड ८४ लाख ९५ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो । एक हजार २० बीमामा दाबी पर्दा कम्पनीले ५ करोड १ लाख ८७ हजार रुपैयाँ भुक्तानी गरेको छ । कृषि तथा पशुपन्छी बीमामा कम्पनीलाई १ करोड १६ लाख ९२ हजार रुपैयाँ घाटा भएको छ ।

गत आवमा एनएलजी इन्स्योरेन्सले कृषि तथा पशुपन्छी बीमामा ३ करोड २३ लाख १ हजार रुपैयाँ घाटा व्यहोरेको छ । कम्पनीले २२ हजार ५०९ कृषि तथा पशुपन्छी बीमा लेख मार्फत २१ करोड ४० लाख ३० हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । ४ हजार ७९३ बीमा लेखमा दाबी पर्दा कम्पनीले २४ करोड ३६ लाख ३१ हजार रुपैयाँ भुक्तानी दिएको थियो ।

द ओरियन्टल इन्स्यारेन्सले कृषि तथा पशुपन्छी बीमामा ४ करोड ३७ लाख ९ हजार रुपैयाँ घाटा व्यहोरेको छ । कम्पनीले गत आव ७ हजार ४७१ बीमा लेख बिक्री गरेर ११ करोड २९ लाख ४१ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो । एक हजार ८६० दाबी भुक्तानीमा कम्पनीको १५ करोड ६० लाख ५० हजार रुपैयाँ खर्च भएको छ ।

नेशनल लाइफ इन्स्योरेन्सले कृषि तथा पशुपन्छी बीमामा ४० लाख रुपैयाँ घाटा व्यहोरेको छ । गत आवमा कम्पनीले एक हजार ३८१ बीमा लेख मार्फत एक करोड ५ लाख ९८ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । ३८० दाबी भुक्तानीमा कम्पनीको एक करोड ४५ लाख ९८ हजार रुपैयाँ खर्च भएको छ ।

बाँकी १० निर्जीवन कम्पनीहरुले भने कृषि तथा पशुपन्छी बीमामा नाफा गर्न सफल भएका छन् ।

कृषि तथा पशुपन्छी बीमामा आईजीआई प्रुडेन्टियल इन्स्योरेन्सले ५ करोड १६ लाख ३ हजार रुपैयाँ, नेको इन्स्योरेन्सले ४ करोड ४२ लाख ५२ हजार रुपैयाँ, नेपाल इन्स्यारेन्सले २ करोड ४० लाख ९१ हजार रुपैयाँ, प्रभु इन्स्योरेन्सले ८ करोड ८७ लाख ९८ हजार रुपैयाँ र राष्ट्रिय बीमा कम्पनीले एक करोड ६८ लाख ६२ हजार रुपैयाँ नाफा आर्जन गरेका छन् ।

सगरमाथ लुम्बिनी इन्स्योरेन्सले ५० हजार रुपैयाँ, सानीमा जीआईसी इन्स्योरेन्सले ३ करोड २२ लाख ६४ हजार रुपैयाँ, शिखर इन्स्योरेन्सले २४ करोड ५२ लाख १४ हजार रुपैयाँ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले एक करोड ९० लाख ४८ हजार रुपैयाँ र यूनाइटेड अजोड इन्स्योरेन्सले ६ करोड ७४ लाख ९१ हजार रुपैयाँ कृषि तथा पशुपन्छी बीमा मार्फत नाफा कमाएका छन् ।

गत आवमा बीमा कम्पनीहरुले एक लाख ५० हजार ३४५ कृषि तथा पशुपन्छी बीमा लेख मार्फत २ अर्ब ८ करोड ५६ लाख ६ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । ३३ हजार १२८ दाबी पर्दा कम्पनीहरुले एक अर्ब ५८ करोड ४३ लाख ३५ हजार रुपैयाँ भुक्तानी दिएका छन् । समग्रमा कृषि तथा पशुपन्छी बीमामा इन्स्यारेन्स कम्पनीहरुलाई ५० करोड १२ लाख ७१ हजार रुपैयाँ नाफा भएको प्राधिकरणको तथ्यांकमा देखिन्छ ।

अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा कृषि तथा पशुपन्छी बीमा गर्नेको संख्याको संख्या घटेको छ । अघिल्लो आवमा एक लाख ८४ हजार २१३ कृषि तथा पशुपन्छी बीमा लेख जारी भएको थियो । समीक्षा अवधिमा कृषि तथा पशुपन्छी बीमा लेख ३३ हजार ८६८ अर्थात १८.३९ ले घटेको छ ।

बीमा लेखमा कमी आएसँगै कृषि तथा पशुपन्छी बीमामा हुने आम्दानी पनि घटेको छ । अघिल्लो आवमा बीमा कम्पनीहरुले कृषि तथा पशुपन्छी बीमा मार्फत २ अर्ब ३५ करोड ३० लाख ११ हजार रुपैयाँ संकलन गरेका थिए । समीक्षा अवधिमा बीमा शुल्क २६ करोड ७४ लाख ५ हजार रुपैयाँ अर्थात ११.३६ प्रतिशतले घटेको छ ।

कृषि तथा पशुपन्छी बीमा मार्फत हुने आम्दानीमा संकुचन आएसँगै दाबी भुक्तानी रकम पनि घटेको छ । अघिल्लो आवमा बीमा कम्पनीहरुले कृषि तथा पशुपन्छी बीमामा एक अर्ब ७६ करोड ३१ लाख ७२ हजार रुपैयाँ भुक्तानी गरेका थिए । समीक्षा अवधिमा दाबी भुक्तानी रकम १७ करोड ८८ लाख ३७ हजार रुपैयाँ अर्थात १०.१४ प्रतिशतले घटेको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार