बाढी, पहिरो र डुबानमा परेकाहरुलाई तत्काल राहत, उद्धार र क्षतिपूर्ति उपलब्ध गराउने सरकारको निर्णय

Garima_Business-Loan3

काठमाडौं । सरकारले बाढी, पहिरो र डुबानमा परेकाहरुलाई तत्काल राहत, उद्धार र क्षतिपूर्ति उपलब्ध गराउने भएको छ ।

शनिवार अपरान्ह सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको सुरक्षा अंगका प्रमुखहरुहरुसहितको मन्त्रीहरुको आपतकालीन समन्वयात्मक बैठकले अविलम्व पीडितको राहत, उद्धार र क्षतिपूर्ति उपलब्ध गराउने कार्यमा जुट्न मातहतका सबै निकायलाई निर्देशन दिएको हो ।

कानून बमोजिम पीडितहरुले पाउने राहत पनि तत्काल उपलब्ध गराउने निर्णय गरिएको नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए। बैठकले अवरुद्ध सडक, विद्युत, टेलिफोन लगायतका अत्यावश्यक बस्तुहरु तत्काल सुचारु गराउन पनि सम्बन्धित मन्त्रालयलाई सचेत गराएको छ ।

सरकारका प्रवक्ता गुरुङले भने, ‘सरकारको अहिले कार्यबहाक प्रधानमन्त्री समेत रहेका प्रकाशमान सिंहको अध्यक्षतामा आपतकालीन समन्वयात्मक बैठक बस्यो । त्यो बैठकले यो २-३ दिन लगातार परिरहेको भारी वर्षाका कारण जुन खालको नोक्सान भएको छ बाढी, पहिरोले । त्यो नोक्शानको एकखालको मूल्यांकन ग¥यो । र यो प्रकोपमा आफनो ज्यान गुमाउनु हुने सबै नागरिकहरुप्रति हामीले हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छौ । उहाँहरुलाई दिनुपर्ने कानून मुताविको सबै क्षतिपूर्तिको प्रवन्ध हुन्छ । दोसो कुरा, यो भारी वर्षाका कारण जुन खालको समस्या पैदा भएको छ । अहिले भइरहेका परीक्षाहरु हालका लागि स्थगन गर्ने निर्णय भएको छ । त्यो थोरै समयको लागि हो । त्यस्तै घाइतेहरुको निःशुल्क उपचार सरकारले गर्ने गर्दछ । सबै घाईतेहरुको निशुल्क उपचारको काम पनि हामीले गर्दछौं । र तत्काल दिन्छौं । तत्काल अविलम्व अवरुद्ध भएको सडकहरु खोल्ने भन्ने काममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पहल कदमी लिनु पर्यो। त्यो पनि निर्णय गरेका छौं । अब बाँकि टेलिफोनका लाईनहरु अवरुद्ध छन् कतै । कतै विजुलीका लाईनहरु अवरुद्ध छन । खानेपानीको पाईपलाईनहरु भत्केका छन । सम्बन्धित तत्तत मन्त्रालयले आ आफ्नो ठाउँबाट यो प्राकृतिक प्रकोपले जे जस्ताहरु पैदा भएको छ । त्यो समन्वयात्मक ढंगले समाधान गर्नका लागि पहल गर्ने र जहाँ, जहाँ जनताहरु समस्या हुनुहुन्छ, त्यहाँ हाम्रो अनुरोध, निवेदन के छ भने प्रधानमन्त्री कार्यालयको हटलाईन, नेपाल पहरी, नेपाली सेना, एपीएफको हटलाईन, गृह मन्त्रालयको हटलाईनमा सम्पर्क गरेर राहत तथा तत्काल उद्धारका लागि अनुरोध गर्न सक्नु हुनेछ । हाम्रो सबै तयारी अवस्थामा रहेर ३ वटै सुरक्षा अंगहरु तयारी अवस्थामा छन । गृह मन्त्रालय तयारी अवस्थामा छ । सम्बन्धित मन्त्रालय, जसले जहाँजहाँ राहत उपलब्ध गराउनुपर्नेछ । उद्दार गर्नुपर्नेछ । त्यो कामको लागि सबै मन्त्रालय आ आफ्नो जिम्मेवारी पूरा गर्नका लागि लाग्ने भनेर हामीले सामूहिक निर्णय गरेका छौं । जोजसले ज्यान गुमाउनु भएको छ, उहाँहरुप्रति हाम्रो श्रद्धाञ्जली छदैछ । उहाँहरुको परिवारजनमा हामी समवेदना व्यक्त गर्न चाहन्छौं । उहाँहरुलाई दिनुपर्ने राहतको कुराहरु हामी अविलम्व उपलब्ध गराईहाल्छौं ।’

बैठकले विपद्मा परी ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना पनि व्यक्त गरेको छ ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार