बाढी पहिरो पिडितलाई सिटिजन्स बैङ्कको २५ लाख सहयोग

Garima_Business-Loan3

काठमाडौं । सिटिजन्स बैंकले बाढी पहिरो पिडितलाई सहयोग गर्न  प्रधानमन्त्री राहत कोषमा २५ लाख रुपैयाँ सहयोग जम्मा गर्ने भएको छ । बैङ्कले  विगत दुई दिनदेखि परेको अविरल वर्षाको कारण पुगेको धनजन क्षेतिबाट मारमा परेका नागरिकलाई  राहत स्वरुप सो रकम जम्मा गर्ने निर्णय गरेको हो ।

बैङ्कले  संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाढी पहिरो पिडितलाई राहत दिन सो रकम उपलब्ध गराएको हो  । राहत रकम उपलब्ध गराउने निर्णय जानकारी दिदै  सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले भने, ‘सिटिजन्स बैंकले यस संकटको घडीमा हामीले हाम्रो सिमित स्रोत साधनबाट विभिन्न जिल्लालाई सहयोग गरिरहेका छौं । यो कोष प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरिनेछ।

 

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार