काठमाडौं । न सत्ता पक्ष न प्रतिपक्ष न बिद्रोही शक्ति सवै एउटै मोर्चामा जुटेका छन् । उद्दार र राहत   सत्ता सरकार आलोचना  बैठक भेला मिडिङ देश दौदाहाम सधै ब्यस्त हुने नेपाली आज २ दिन देखी आएको पानीले भएको बाडी र पहिरोमा परेका नागरिकको उद्दारमा जुटेका छन्

बिगत दुई दिन देखि परेको अबिरल बर्षाको कारणले देशभरी भएको बाढी र पहिरोमा परेका नागरिकको उद्दारमा सिङ्गो देश जुटेको छ । सर्व साधारण नागरिक,सामाजिक कार्यकर्ता, नेपाली सेना, नेपाल प्रहरी, शसत्र प्रहरी बिभिन्न सामाजिक संघ संगठन  राजनीति पार्टीका नेता कार्यकर्ता सबै बिगत दुइ दिन देखि परेको अविरल बर्षाको रारण बाडी पहिरो र डुवानमा परेका क्षेत्र र नागरिककको उद्दारमा जुटेका छन् ।   नेपाल सरकारले सुरक्षा संयन्त्र परिचालन गरेर उद्दार र राहत बितरण गरिरहेको छ । नेपाल सरकारले २० हजार भन्दा बढि  तालिम प्राप्त सुरक्षा कर्मी उद्दारमा खटाएको छ  ।

केही स्थानमा उ्ददार कार्तका ढिलो गरी सुरक्षा कर्मी पुग्दा पिडित र स्तानिय केही आक्रोसित भएपनि उनीहरुको एजेण्डा उद्दारमा नै थियो ।

नेपाली कांग्रेसले आफ्ना नेता कार्यकर्तालाई उद्धारमा खटिन आग्रह गरेको छ  । महामन्त्री गगन थापाले आज देशभर परिरहेको अविरल वर्षाका कारण बिभिन्न ठाउँमा आएको बाढी, पहिरो र डुबान भएको भन्दै पार्टीका सबै कार्यक्रम स्थगित गरेर उद्धारमा लाग्न निर्देशन दिएका हुन् ।

नेकपा एमालेका कार्यवाहक अध्यक्ष ईश्वर पोखरेलले बाढी पहिरोका कारण समस्यामा परेका जनताको उद्धार र राहतमा सरकारी संयन्त्रसँगै समन्वय गरेर जुट्न पार्टी पङ्क्तिलाई आह्वान गरेका छन् ।

कार्यवाहक अध्यक्ष पोखरेलले शनिवार साँझ वक्तव्य जारी गर्दै सरकारका सबै निकायको समन्वयात्मक परिचालन गर्न आग्रह समेत गरेका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अविरल वर्षाका कारण देशभर हुन गएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पार्टीका सबै तह र निकायलाई जनतासँग हातेमालो गर्दै उद्धार र राहतको कार्यमा सहभागी बन्न निर्देशन दिएका छन् ।

रास्वपा सभापति रबि लामिछाने ले आफ्ना नेता कार्यकर्तालाई प्राकृतिक बिप्पतिले संकटमा रहेका नागरिकको उद्दारमा जुट्न आग्रह गरेका छन् ।

काठमाण्डौ महानगरपालिकाले बर्षाले सिर्जना गरेको विपद व्यवस्थापन गर्न नगर प्रहरीका १७ वटा टोली परिचालन गरेको जनाएको  छ ।निरन्तर वर्षाका कारण राजधानी सहर काठमाडौँ सिर्जना भएको विपद व्यवस्थापन गर्न नगर प्रहरीका १७ वटा टोलीमा अधिकृत र जवान गरी ३ सय जना परिचालन गरिएको  र   टोलीहरु डुवान भएका वस्ती, नदी किनारा, रुख ढलेर अवरोध भएको सडकजस्ता जोखिम भएका ठाउँमा जनधनको क्षति न्यूनीकरणका लागि प्रयत्न गरिरहेको महानगरले बताएको छ  ।

सबै स्थानीय तहले पनि आ-आफ्नो क्षेत्रमा राहत र उद्दारमा जुटेका छन् ।

बिभिन्न बैङ्क तथा बित्त संस्थाले बाढी पहिरोमा परी पिडामा रहेका नागरिकलाई मल्हम लगाउन राहत रकम प्रधानमन्त्री तथा राहत कोषमा जम्मा हुन थालेको छ  ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार