विपद्दमा नागरिकलाई एनसेलको साथः निःशुल्क डेटा सेवा सहित पिडितलाई राहत उपलब्ध गराउने

काठमाडौं । असोज ११ र १२ गते देशभर आएको भारी वर्षाका कारण बाढी र पहिरोले विपद्मा  परेका नागरिकलाई  आफ्नो परिवार तथा आफन्तजनसँग सम्पर्कमा रहिरहन अरु सामान्य अवस्थामा भन्दा सञ्चार सेवाको आवश्यकता महसुस गरी  एनसेललले  आवश्यक उद्धार तथा सहयोगका लागि सम्पर्कमा रहिरहन सञ्चार सेवा सुनिश्चित गर्न प्रतिबद्दता जनाएको छ  ।

भारी वर्षाका कारण सृजना भएको यस कठिन परिस्थितिलाई ध्यानमा राख्दै, एनसेलले आज शनिबार (असोज १२, २०८१) बिहान देखि नै बाढी र पहिरोबाट प्रभावित क्षेत्रका आफ्ना ग्राहकहरूलाई निःशुल्क डेटा उपलब्ध गराइसकेको छ ।

निःशुल्क डेटा उपलब्ध गराउनुका साथै, कम्पनीले हालको अवस्थाको मूल्यांकन र क्षतिको विस्तृत जानकारी प्राप्त गरेपछि राहतका घोषणा गर्ने छ  । नेपाली जनताको सुरक्षालाई सुनिश्चित गर्न र नेपाल सरकारको प्रयासमा सहयोग गर्न एनसेल विभिन्न विपद् व्यवस्थापनमा काम गर्ने निकायहरुसँग समन्वय र सहकार्य गरिरहेको एनसेलले जनाएको छ  ।

आफ्ना १ करोड ३० लाख भन्दा बढी ग्राहकलाई सञ्चार सेवा प्रदान गर्ने एनसेल एक दूरसञ्चार सेवा प्रदायक कम्पनीमात्र नभई नेपाल र नेपाली समुदायहरूको एक अभिन्न अंग  बएको दाबी गरेको छ  । हाम्रो सेवा ग्राहकलाई अनलाइन राख्न मात्र सिमित नभई यो सेवाको मद्दले ग्राहकले आवश्यक सहयोग लिन पाउन, राहत तथा उद्धार कार्यका लागि समन्वय गर्न पाउन र आफ्ना परिवार तथा प्रियजनहरुसँग सम्पर्कमा रहिरहुन् भन्ने रहेको एन;लले बताएको छ  ।

विपद्को समयमा एनसेल नागरिकको साथमा रहेको   र आवश्यक सहयोग गर्ने प्रतिबद्दता ब्यक्त गरेको छ  । एनसेलले बिपत्मा परी ज्यान गुमाएका  परिवार बाढी र पहिरोबाट प्रभावित सबैमा सहानुभूति व्यक्त गरेको छ  ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार