बाढीले नेपालथोक–खुर्कोट सडकखण्ड भासियो, आवत -जावत अबरुद्द

काठमाडौं । गएको असोज ११ र १२ गते परेको निरन्तर पानीको कारणले  आएको बाढीका कारण बिपी राजमार्ग अन्तर्गतको नेपालथोक–खुर्कोट सडकखण्ड भासिएको छ ।

सुनकोसी नदीको बहाबले निरन्त कटान गर्दा  बिपी राजमार्गको खुर्कोट नेपालथोक सडकखण्ड अन्तर्गत गोलन्जोर गाउँपालिका ७ कानढुङ्ग्री नजिक सडक भासिएको हो । सडक भासिएपछि उक्त खण्ड अवरुद्ध भइ सवारी आवत जावत बन्द भएको छ  ।

यस्तै, बिपी राजमार्गकै काभ्रेको रोशी गाउँपालिका क्षेत्रमा पर्ने विभिन्न ठाउँमा सुनकोशी नदीले नै सडक बगाएको छ भने पहिरोले सडक बगाएको छ । हाल बिपी राजमार्ग पूर्णरुपमा अवरुद्द छ । राजमार्ग खुलाउन पहल भइरेपनि अहिले सम्म सार्थकता पाएको छैन सडक खुलाउन राष्ट्र सेवक स्थानिय ले कान गरिरहेका छन् ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार