आज देखी दशैंको लागि सुकिला नोट साट्न पाइने

काठमाडौं । आजबाट दशैं २०८१ को लागि आम नागरिकलाई बैङ्क तथा बित्तिय संस्थाले  सुकिला नोट बितरण गर्न थालेका छन् । नेपाल राष्ट्र बैङ्कले  बिगत बर्षहरुमा १००,५०,२०,१० र ५ का नयाँ नोट छापेर बितरण गर्ने गरेको थियो । यो बर्ष डिजिटल पैसालाई प्रसय दिने र भौतिक रुपमा पैसा छाप्दा राज्यको अरबौ खर्च हुने भन्देै यसपालीको दशैमा नयाँ नोट छापेर बजारमा नपठाउने भएको छ । यसपाली नयाँ नोटको सट्टा राष्ट्र बैङ्कले सुकिला सफा नोट बैङ्क तथा बित्तिय संस्था मार्फत नागरिकलाई सटहीको लागि पठाएको छ ।

नेपाल का बैङ्कहरुले सुचना नै निकालेर आजबाट सुकिला नोट साट्न सकिने जनाएको छन् । बैङ्कहरुले बिभिन् शाखा मार्फत सुकिला नोट साट्न सकिने बताएका छन्

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार