नेपाल टेलिकमको चाडपर्ब विशेष भ्वाइस र डाटा सार्वजनिक

Garima_Business-Loan3

काठमाडौं । नेपाल टेलिकमले ग्राहकलाई चाडपर्ब अफर २०८१ सुबिधा ल्याएको छ । टेलिकमले उपलब्ध गराएको दशै अफर  अन्तर्गत सहुलियत दरका भ्वाइस, डाटा तथा एफटीटीएचका प्याकेजहरु रहेका छन्  यो अफर  असोज १३ देखि सुरु भएर आगामी कार्तिक २३ गते सम्म उपलब्ध हुनेछ  ।

टेलिकमले सार्बजनिक गरेको अफरमा साविकका एफटीटीएचका प्याकेजहरुमा साविककै मूल्यमा थप ब्याण्डविथ उपलब्ध गराएको जनाएको छ  । ५०, ७५, १००, १५० र २०० एमबीपीएस गतिका एफटीटीएच डाटार कम्बो प्याकेजहरुमा ५० प्रतिशत सम्म क्षमता अभिवृद्धि गरी क्रमशः ७५, १००, १२५, १७५ र २२५ एमबीपीएस ब्याण्डविथ कायम गरिएको जनाएको छ  । यो अफर उल्लेखित समयावधिभित्र नयाँ सेवा जडान गर्ने एवम् प्याकेज नवीकरण गर्ने सबै ग्राहकका प्रापत गर्ने टेलिकमले जनाएको छ  । यसका साथै एफटीटीएच नयाँ जडानमा जडान शूल्क रु. ५०० मिनाहा समेत गरिएको कम्पनीले जनाएको छ  ।

 कम्पनीले दशैं अफर अन्तर्गत नै जीएसएम सेवाका ग्राहकहरुका लागि रु. ७९९ मा अल नेट अनलिमिटेड भ्वाइस सुविधा, ४५ जीबी डाटा र ५०० अल नेट एसएमएस सुविधा सहितको ७९९ सजिलो अनलिमिटेड प्याकेज सञ्चालन गरिएको छ । साथै रु. २५० मा  १००० मिनेट अल नेट भ्वाइस सुविधा सहितको १००० मिनेट अल नेट भ्वाइस कल अफर र रु. ९९ मा १००० अन नेट एसएमएस सुविधाको १००० अन नेट एसएमएस प्याकेज समेत सञ्चालनमा ल्याइएको छ । यी सबै प्याकेजहरुमा  प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनको समयावधि तोकिएको छ ।

 ग्राहकले  आगामी कार्तिक २३ गतेसम्म आफ्नो मोबाइलबाट *१४१५# डायल गरेर वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरेर यी प्याकेजहरु खरिद गर्न सक्नेछन् । आफ्नो आवश्यकता बमोजिमका प्याकेजहरु खरिद गरी दशैं अफर २०८१ बाट सेवाग्राहीले लाभ लिने कम्पनीले बिस्वास गरेको छ ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार