२२ अंकले घट्यो नेप्से, कारोबार रकम ४ अर्ब

Garima_Business-Loan3

काठमाडौं । साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २२.२३६ अंकले घटेको छ । नेप्से २४८६.७६ विन्दुमा २४६४.४० को विन्दुमा झरेको हो ।

आज नेप्सेमा ३२७ कम्पनीका शेयर ५८ हजार ४०१ पटक करोबार भएको छ । एक करोड ३ लाख ११ हजार ८८५ कित्ता शेयर किन बेच हुँदा ४ अर्ब ५ करोड ६ लाख ५८ हजार रुपैयाँको कारोबार भएको छ ।

४६ कम्पनीका शेयर मूल्य बढ्दा १९३ कम्पनीको शेयर मूल्य घटेको छ भने ५ कम्पनीको शेयर मूल्य स्थिर छ ।

आज उत्पादन मुलुक समूह बाहेक अन्य सबै उपसमूह घटेका छन् ।

विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १९० रुपैयाँले बढेर तीन हजार ९० रुपैयाँ पुगेको छ ।

अप्पर स्याङे हाईड्रोपावरको शेयर मूल्यमा नकारात्मक सर्किट लागेर ८०५.४० रुपैयाँमा झरेको छ ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार