दुई महिनामा निर्जीवन बीमा कम्पनीको व्यापार पौने ८ अर्ब, कुनको कति?

Garima_Business-Loan3

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा निर्जीवन बीमा कम्पनीहरुले करिब पौने ८ अर्ब रुपैयाँको व्यापार गरेका छन् । चालु आवको भदौ मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरुले ४ लाख २८ हजार ६८ बीमा लेख बिक्री गरेर ७ अर्ब ७४ करोड ६७ लाख रुपैयाँ आर्जन गरेका छन् ।

भदौमा मात्र निर्जीवन बीमा कम्पनीहरुले २ लाख ६ हजार ९९७ बीमा लेख बिक्री गरेर ३ अर्ब ४८ करोड ६६ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।

दुई महिनाको अवधिमा सबैभन्दा धेरै बीमा शुल्क सगरमाथा लुम्बिनी इन्स्योरेन्सले संकलन गरेको छ । यस अवधिमा कम्पनीले ४४ हजार १०६ बीमा लेख बिक्री गरेर १ अर्ब १ करोड २१ लाख रुपैयाँ आर्जन गरेको छ । कम्पनीले निर्जीवन बीमा व्यवसायको करिब १३ प्रतिशत बजार हिस्सा ओगटेको छ ।

८१ करोड ३३ लाख रुपैयाँ बीमा शुल्क संकलन गर्दै सिद्धार्थ प्रिमियर इन्स्योरेन्स दोस्रो स्थानमा छ । कम्पनीको बजार हिस्सा १०.५० प्रतिशत छ ।

७२ करोड ३४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्दै शिखर इन्स्योरेन्स तेस्रो स्थानमा छ । कम्पनीले ९.३४ प्रतिशत बजार हिस्सा ओगटेको छ ।

नेपाल इन्स्योरेन्स कम्पनीले ४३ करोड ७१ लाख रुपैयाँ, दि ओरिएन्टल इन्स्योरेन्स कम्पनीले ४४ करोड ३१ लाख रुपैयाँ र राष्ट्रिय बीमा कम्पनीले ५४ करोड ५३ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

दुई महिनाको अवधिमा नेशनल इन्स्योरेन्स कम्पनीले ३७ करोड २६ लाख रुपैयाँ, नेको इन्स्योरेन्सले ५८ करोड ८९ लाख रुपैयाँ र प्रभु इन्स्योरेन्सले २९ करोड ४१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।

एनएलजी इन्स्योरेन्स कम्पनीले ४८ करोड १६ लाख रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्सले ६० करोड २३ लाख रुपैयाँ, सानिमा जिआईसी इन्स्योरेन्सले ३९ करोड ७० लाख रुपैयाँ, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले ५८ करोड १ लाख र युनाइटेड अजोड इन्स्योरेन्सले ४५ करोड ५१ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार