प्रभु बैङ्कका ग्राहकले चितवनको कलेज अफ मेडिकल साइन्समा छुट पाउने

काठमाडौं । भरतपुर महानगरपालिका स्थित कलेज अफ मेडिकल साइन्स र प्रभु बैँक लिमिटेड बीच विशेष छुट लिने दिन सम्झौता भएको छ  । २०८१–असोज १३ गते प्रभु बैँकका तर्फबाट चितवन प्रदेश प्रमुख सांग्रीला श्रेष्ठ तथा कलेज अफ मेडिकल साइन्स का तर्फबाट यडिसनल डाइरेक्टर डा.मनोहर प्रधान ले समझौतापत्रमा गरेका छन्

दुइ पक्षिय सम्झौता अनुसार कलेज अफ मेडिकल साइन्समा सेवा लिने प्रभु बैँक का ग्राहक तथा कर्मचारीहरुले छुट पाउने भएका छन् । सम्झेतामा  सिओएमएस मा उपचार गर्दा औषधि, सिटि स्क्यान र एमआरआई  बाहेक सम्पूर्ण सेवाका साथै एक्सरे र यूएसजि मा समेत २०∞ सम्म को छुट पाउने सहमतिमा उल्लेख छ  ।

बैङ्कका ग्रहकले छुट पाउनको लागि  अफ मेडिकल साइन्सले प्रबाह गर्ने सेवा लिइ भुक्तानी गर्दा  बैँकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा बैँकका अन्य कुनै विद्युतिय प्रणाली द्धारा विल भुक्तानी गर्नुपर्नेछ भने छुट पाउनको लागि प्रभु बैँकका ग्राहक तथा कर्मचारीहरुले  परिचयपत्र तथा परिवारको सदस्यको लागि नाता खूल्ने कागजात अनिवार्य पेशगर्नुपर्ने छ ।

ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधी बाट सम्मानित प्रभु बैंक लि.को नेपालभर ३१५ शाखा कार्यलयहरु, २८६ एटीयम साथै ६९ भन्दा बढि एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा वढि ग्राहकहरुलाई “बिश्वास लिन्छौं बिश्वास दिन्छौं” मुल नाराका साथमा बैंकिङ्ग एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधी मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार