सानिमा इक्विटी फण्डले सूचीकृत शेयरमा घटायो लगानी

Garima_Business-Loan3

काठमाडौं । सानिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालित सानिमा इक्विटी फण्डले भदौ मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ ।

उक्त वित्तीय विवरणअनुसार फण्डले साउन मसान्तको तुलनामा भदौ मसान्तमा सूचीकृत शेयरमा लगानी घटाएको छ । साउन मसान्तमा फण्डले सूचीकृत शेयरमा र १ अर्ब ९ करोड रुपैयाँ लगानी गरेकोमा भदौ मसान्तमा घटाएर ६८ करोड ९६ लाख रुपैयाँमा सीमित राखेको छ ।

त्यस्तै फण्डको प्रतिइकाई खुद सम्पत्ती मूल्य (न्याभ) पनि साउनको तुलनामा भदौमा घटेको छ । साउन मसान्तमा फण्डको न्याभ १३ रुपैयाँ ९३ पैसा रहेकोमा भदौ मसान्तमा घटेर ११ रुपैयाँ ५३ पैसा रहेको छ ।

भदौ मसान्तसम्ममा फण्डले १९ करोड २१ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा साउन मसान्तको तुलनामा भने ३७.९२ प्रतिशत कम हो । सो अवधिमा फण्डले ३० करोड ९५ लाख रुपैयाँ नाफा कमाएको थियो ।

भदौ महीनामा फण्डको आम्दानी घटेकाले नाफा प्रभावित भएको हो । साउन मसान्तमा फण्डको कुल आम्दानी ३१ करोड २७ लाख रुपैयाँ रहेकोमा भदौ मसान्तमा घटेर १९ करोड ७८ लाख रुपैयाँमा झरेको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार