४४ अंकले नेप्से बढ्दा साढे ३३ करोडले करोबार रकम घट्यो

Garima_Business-Loan3

काठमाडौं । लामो समय पछि नेप्सेमा हरियाली छाए पनि कारोबार रकम भने खुम्चिएको छ । सातोको दोस्रो दिन सोमबार नेप्से परिसूचक ४४.४५ अंकले बढेर २५०८.६६ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ६.४५ अंकले बढेर ४५१.३४ विन्दुमा पुगेर बन्द भएको छ ।

सोमबार ३१९ वटा कम्पनीको ९७ लाख १७ हजार ९५९ कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ३ अर्ब ७१ करोड ५३ लाख ५९ हजार रुपैयाँ पुगेको छ । जुन आइतबारको तुलनामा ३३ करोड ५२ लाख ९९ हजार रुपैयाँले कमी हो । आइतबार ४ करोड ५ लाख ६ हजार रुपैयाँ कारोबार रकम रहेको थियो ।
सोमबार २१० वटा कम्पनीको शेयर मूल्य बढ्दा ३३ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने १ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
सोमबार १२ वटा समूह सूचकहरु बढ्दा एउटा घटेको छ । बैकिङ १७, विकास बैंक ९४, वित्त ११४, होटल र पर्यटन १९६, जलविद्युत ३६, लगानी २ , जीवन बीमा २१७ अंकले बढ्दा उत्पादन र प्रशोधन २५९, लघुवित्त ८६, र्निजीवन बीमा ९०, व्यापार ५२ र अन्य समूह ४४ अंकले बढेको छ । म्युअुचल फण्ड ०.१२ अंकले घटेको छ ।

सोमबार सबैभन्दा बढी कारोबार हुनेमा सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी ,सर्वोत्तम सिमेन्ट, शिवम सिमेन्ट, नेपाल फाइनान्स र हिमालयन रिइन्स्यारेन्स कम्पनी रह्यो । सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको १७ करोड ६९ लाख रुपैयाँ ,सर्वोत्तम सिमेन्टको १७ करोड १५ लाख रुपैयाँ, शिवम सिमेन्टको १५ करोड ३३ लाख रुपैयाँ, नेपाल फाइनान्सको १३ करोड १ लाख रुपैयाँ र हिमालयन रिइन्स्यारेन्स कम्पनीको ८ करोड ७६ लाख रुपैयाँ बराबर करोबार भएको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार