नेपाल डिजिटल पेमेन्ट्सको अध्यक्षमा रीना डंगोल नियुक्त

काठमाडौं । नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडको अध्यक्षमा रीना डंगोल नियुक्त भएकी छिन् । गत भदौ ३० गते बसेको बोर्ड बैठकले नेपाल डिजिटल पेमेन्ट्स कम्पनीको अध्यक्षमा रीना डंगोललाई नियुक्त गरेको हो ।

असोज १३ गते आयोजित शपथ ग्रहण कार्यक्रममा डंगोलले नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक बिनोद राज आचार्यबाट शपथ ग्रहण गरिनु । शपथ ग्रहण कार्यक्रमपछि अध्यक्ष डंगोलले खुशी व्यक्त गर्दै, नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडको वित्तीय समावेशीकरण र आर्थिक सशक्तिकरणका प्रयासहरूबाट आफू प्रेरित भएको बताइनु।

उक्त कार्यक्रममा नेपाल डिजिटल पेमेन्ट्सका प्रमुख कार्यकारी अधिकृत प्रविणराज पोखरेलको समेत उपस्थिति रहेको थियो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार