साढे २ खर्ब पुग्यो बैंक तथा वित्तीय संस्थाको घरजग्गा कर्जा

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुले वितरण गर्ने घरजग्गा  कर्जामा वृद्धि भएको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउनसम्म बैंक तथा वित्तीय संस्थाहरुले घरजग्गा कर्जास्वरुप २ खर्ब ६० अर्ब ७२ करोड रुपैयाँ वितरण गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा २० अर्ब ६० करोड रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले घरजग्गा कर्जास्वरुप २ खर्ब ४० अर्ब १२ करोड रुपैयाँ वितरण गरेको थियो ।

राष्ट्र बैंकका अनुसार वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले घरजग्गा कर्जा वितरण बढाउदा समग्र व्यक्तिगत आवास कर्जा प्रवाह बढेको हो । चालु आर्थिक वर्षको साउनसम्म वाणिज्य बैंकले घरजग्गा  कर्जास्वरुप २ खर्ब २४ अर्ब ५३ करोड रुपैयाँ वितरण गरेको छ । जुन गत आर्थिक वर्षको भन्दा १६ अर्ब ६ करोड रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा वािणज्य बैंकले घरजग्गा कर्जास्वरुप २ खर्ब ८ अर्ब ४७ करोड रुपैयाँ वितरण गरेको थियो ।

चालु आर्थिक वर्षको साउनसम्म विकास बैंकले घरजग्गा कर्जास्वरुप ३३ अर्ब ३६ करोड ८० लाख रुपैयाँ वितरण गरेको छ । जुन गत आर्थिक वर्षको तुलनामा ११ अर्ब ३२ करोड रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा विकास बैंकले घरजग्गा कर्जास्वरुप २२ अर्ब ४ करोड ८० लाख रुपैयाँ वितरण गरेको थियो ।

चालु आर्थिक वर्षमा वित्त कम्पनीहरुले घरजग्गा कर्जास्वरुप १० अर्ब २८ करोड ७० लाख रुपैयाँ वितरण गरेको छ । जुन गत आर्थिक वर्षको भन्दा ६८ करोड रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा वित्त कम्पनीहरुले घरजग्गा  कर्जास्वरुप ९ अर्ब ६० करोड १० लाख रुपैयाँ वितरण गरेको थियो । घरजग्गा बजार पूर्ण रुपमा चलयामान हुन नसक्दा पनि घरजग्गा  वास कर्जाको माग बढेको हो । निजी आवास र घरजग्गाको कारोबार चलायमान नभए पनि आवास नागरिकको लागि अनिवार्य आवश्यकको वस्तु भएको हुदाँ कर्जा वितरण भने निरन्तर हुने सरोकारावालाहरु बताउछन् । आवास र जग्गाको माग निरन्तर हुन्छ अझै पछिल्लो समय सहरी क्षेत्रमा बसोबास गर्नेको संख्या बढ्दै जाँदा घरजग्गा कर्जाको मागले निरन्तरता पाएको बैंकरहरु बताउछन् ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार