काठमाडौं । असोज ११ र १२ गते देशब्यापी रुपम परेको अबिरल बर्षाको कारण बाढीपहिरो र डुबानका परि हालसम्म दुई सय १७ जना नागरिकले मृत्यु बरण गरेका छन् भने २८ जना बेपत्ता छन् । बेपत्ताको खोजी कार्य भइरहेको छ ।
हाल सम्मको बिबरण अनुसार प्राकृतिक विपद्मा एक सय ४३ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए । बाढी, पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भइरहेको पनि उनले जानकारी दिए ।बाढी प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको जानकारी दिइएको छ ।
सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकताराखी काम गरिरहेको र यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको प्रवक्ता तिवारीले बताए ।