कसरी गर्न सकिन्छ ? लघुवित्त वित्तीय संस्थाबाट लिएको ऋणको पुनरतालिकीकरण वा पुनरसंरचना  

काठमाडौं । लघुवित्त वित्तीय संस्थाबाट लिएको ऋणको पुनरतालिकीकरण र/वा पुनरसंरचना गर्नु भनेको    ऋण लिँदाको बखत  तोकिएको सर्तहरू परिवर्तन गर्नु हो, यसमा पुनरतालिकीकरण र / वा पुनरसंरचना ब्याजदर, भुक्तानीको अवधि वा भुक्तानी तालिकाको संशोधन  गर्नु हो । यसले  ऋणीको व्यवसाय र नगद प्रवाहको प्रकृतिबीच तालमेल मिलाई परिस्थितिजन्य कारणले समस्यामा परेका ऋणीलाई पुनरूत्थान गरी सहज ऋण भुक्तानी गर्न सहयोग  गर्छ  ।

पुनरतालिकीकरण र/वा पुनरसंरचना  गर्न नेपाल राष्ट्र बैङ्कले लघुवित्त वित्तीय संस्थाले नियतवश कर्जा नतिर्ने ऋणीको विवरण तयार पार्ने र जो परिस्थितिबस  समस्यामापरि ऋण भुक्तानी गर्न अप्ठेरोमा परेका ऋणीको अबस्था मुल्याङ्कन गरी  सर्त सहित एक पटकको लागि २०८१ पुस मसान्तभित्र कर्जाको पुनरतालिकीकरण र / वा पुनरसंरचना गर्नसक्ने व्यवस्था गरेको छ । जस अन्तर्गतकर्जा भुक्तानी अवधि बढीमा ३ वर्ष थप गर्न सकिने ।असुल हुन बाँकी ब्याजको कम्तीमा ५ प्रतिशत असुल भएको हुनुपर्ने ।  यसबापत ऋणीबाट कुनै पनि प्रकारको शुल्क / हर्जाना लिन नपाइने . ऋणीलाई कालोसूचीबाट हटाउन कर्जा सूचना केन्द्रलाई सिफारिस गर्नुपर्ने ।  व्यावस्था गरेको छ ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार