शेयर बजारमा ११४ अंकको सुधार, करिब ४ अर्बले बढ्यो कारोबार

काठमाडौं ।  शेयर बजार मंगलबार  बढेको छ । मंगलबार नेप्से परिसूचक ११४.७० अंकले बढेर २६२३.५६ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १९.४६ अंकले बढेर ४७०.८१ विन्दुमा पुगेर बन्द भएको छ । यो सँगै मंगलबार नेप्से परिसूचक र कारोबार रकम दुवै बढेको हो ।

मंगलबार ३०७ वटा कम्पनीको १ करोड ७५ लाख ७ हजार ५५५ कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ७ अर्ब ६१ करोड ६५ लाख २२ हजार रुपैयाँ पुगेको छ । जुन सोमबारको तुलनामा ३ अर्ब ९० करोड ११ लाख ६३ हजार रुपैयाँले बढी हो । सोमबार ३ अर्ब ७१ करोड ५३ लाख ५९ हजार रुपैयाँ कारोबार रकम रहेको थियो ।

मंगलबार २४३ वटा कम्पनीको शेयर मूल्य बढ्दा १ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने १ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
मंगलबार १३ वटा समूह सूचकहरु बढ्दा एउटा घटेको छ । बैकिङ ५५, विकास बैंक २७२, वित्त २७६, होटल र पर्यटन ३६८, जलविद्युत १७९, लगानी ६ , जीवन बीमा ५१२ अंकले बढ्दा उत्पादन र प्रशोधन १५४, लघुवित्त १८८, म्युअुचल फण्ड ०.३३, र्निजीवन बीमा ३९२, व्यापार १७३ र अन्य समूह ९० अंकले बढेको छ ।

मंगलबार सबैभन्दा बढी कारोबार हुनेमा एनएलजी इन्स्योरेन्स कम्पनी, हिमालयन रिइनस्योरेन्स, नेपाल फाइनान्स, सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र अपि पवार कम्पनी रह्यो । एनएलजी इन्स्योरेन्स कम्पनीको २८ करोड ८२ लाख रुपैयाँ, हिमालयन रिइनस्योरेन्सको २३ करोड ५१ लाख रुपैयाँ, नेपाल फाइनान्सको २० करोड ७२ लाख रुपैयाँ, सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको १९ करोड ७२ लाख रुपैयाँ र अपि पवार कम्पनीको १८ करोड १० लाख रुपैयाँ बराबर कारोबार भयो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार