CLI

‘प्रधानमन्त्री एउटा छ, अर्थमन्त्री अर्को छ, केपी ओलीले पाँच अर्ब खाने भयो’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन सत्ता घटकले आफ्नो पार्टी निर्णय गर्ने ठाउँमा नभए पनि नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्ष नियुक्ती प्रक्रियामा पाँच अर्ब रुपैयाँ खान लागेको प्रचार गरेको आरोप लगाएका छन्।

सेबोन अध्यक्ष नियुक्ती प्रक्रियामा ओलीले पाँच अर्ब खाने बाटो गर्यो । हाम्रो पार्टी सरकारमा भए पनि निर्णय गर्ने ठाउँमा थिएनौं। मंगलबारको पत्रकार सम्मेलनमा ओलीले भने,

देशको अवस्था नाजुक छ। हरेक परिस्थितिलाई लाभ लिन प्रयोग नगर्नु मात्र आफूले सत्ता घटकलाई भनेको उनले दाबी गरे ।

‘कमिसन खोरी गर्ने, कमिसन खाने । पैसा लिएर नियुक्ती, सरुवा, बढुवा, कमिसन लिएर ठेक्का दिने जस्ता कुराहरु कमिसनको भरमा चल्नु हुँदैन मात्र आफूले भनेको ओलीले बताए ।

पाँच अर्ब खाने भन्ने समाचार प्रकाशित भए पछि उनले उहाँहरु (सत्ता घटक)लाई उनले उक्त रकम कसले र किन दिन्छ भनेर सोधेको बताए । कमिसनको निम्ति गर्ने हैन । देशका निम्ति काम गर्ने हो । भष्टाचार गर्ने हैन म रोक्ने मान्छे हो,’ ओलीले भने । प्रधानमन्त्री एउटा छ अर्थमन्त्री अर्को छ पाँच अर्ब केपी ओली खाने भन्ने कसरी सम्भव हुन्छ भनेर उनले प्रश्न गरे ।

कर्मचारी नियुक्ती हुँदा पाँच अर्ब कहाँबाट ल्याएर दिन्छ भनेर उक्त कुरा बन्द गर्न भन्दा उहाँहरु छट्पटाउनु भएको ओलीको भनाई छ ।

सर्वोच्च अदालतले पहिलैको प्रक्रिया अनुसार अघि बढ्नु भन्ने आदेश दिएकाले त्यो प्रक्रिया अघि बढाइएको उनले स्पष्ट पारे ।

‘ठेक्का लाग्दा पनि भष्ट्राचार बाहेक केही हुँदैन । अर्कोमा पनि केही भएन भने देश कहिले बन्ने भएन । यो भष्ट्राचारिले शुद्ध तरिकाले काम गर्ने मान्छेलाई आरोप लगाउने कुरा भयो,’ उनले भने ।

 

Leave Your Comment

Related News