CLI

लुम्बिनी लायन्स क्लबको लोगो सार्वजनिक

काठमाडौं । नेपाल प्रिमियर लिगको सहभागी टोली मध्यको एक लुम्बिनी लायन्स क्लबले आफ्नो लोगो सार्वजनिक गरेको छ । क्लबले आज आफ्नो सामाजिक सञ्जाल मार्फत उक्त लोगो सार्वजनिक गरेको हो ।

नेपाली क्रिकेट टोलीका कप्तान समेत रहेका रोहित पौडेललाई लुम्बिनी लायन्सले मार्की खेलाडीका रुपमा साइन गरेको थियो ।

सार्वजनिक गरिएको नयाँ लोगोमा साहसी सिंहलाई प्रस्तुत गरिएको छ जसले टिमको शक्ति, साहस र लिगमा वर्चस्व कायम गर्ने दृढतालाई प्रस्तुत गरेको छ । लुम्बिनी लायन्सको सारलाई समेट्न डिजाइन गरिएको यस लोगोले क्लबले एकता र दृढताको भावना झल्काउँछ ।

लोगोको बारेमा बोल्दै लुम्बिनी लायन्स क्लबका चेयरम्यान ईश्वर जीसीले भने, ”यो लोगोले हाम्रो मैदानमा खेल्ने लुम्बिनी लायन्स टिम मात्र नभई सम्पूर्ण लुम्बिनीको गौरवलाई प्रतिनिधित्व गर्छ । एनपिएलको यस पहिलो संकरणमा नै जितको झण्डा गाड्न हामी आशावादी छौं ।”

नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको नेपाल प्रिमियर लिग (एनपिएल) मा आठवटा टिम समावेश छन्। लिग मङसिर १६ देखि काठमाडौंमा सुरु हुँदैछ ।

 

Leave Your Comment

Related News