रियलमीको ”बडा दशैं, तिहारको बडा अफर” शुरु

काठमाडौं । सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीले ”बडा दशैं, तिहारको बडा अफर” योजना शुरु गरेको छ । नेपालीहरुको महान चाड विजयादशमी तथा दीपावलीको शुभ अवसर पारेर आफ्ना ग्राहकहरुको लागि यस योजना ल्याइएको कम्पनीले जनाएको छ ।

यस योजना अन्तर्गत एकजना भाग्यशाली विजेताले मेगा उपहार स्वरुप एमजी ४ इभि जित्ने अवसर पाउनेछन् भने बम्पर उपहार स्वरुप टिभीएस एन्टर्क ड्रम स्कुटर जित्ने अवसर पाउनेछन् । त्यस्तै हरेक हप्ता २ जना भाग्यशाली विजेताले रियलमी सि ६३ पाउन सक्नेछन् भने दैनिक १० जना भाग्यशाली विजेताहरूले बोल्ट स्मार्टवाच, बोल्ट इयरबड्स र सफारी ब्याकप्याकहरू जित्ने अवसर प्राप्त गर्नेछन् ।

योजनाको बारेमा बोल्दै रियलमीका हेड अफ स्ट्राटेजी एन्ड रिसर्च मुनिश गिरीले भने, ”सर्वप्रथम त नेपालीहरुको महान चाड विजयादशमी एवम दीपावली २०८१ को शुभ अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छौँ । हामी प्रविधिको माध्यमबाट मानिसहरुलाई नजिक ल्याउन र सम्बन्धमा न्यानोपन छर्न प्रतिबद्घ छौँ । चाडपर्व भनेको आफ्ना नजिकका आफन्त, साथीभाइहरुसँग रमाइलो गर्ने अवसर हो । यसै अवसर पारेर हामीले यस ”बडा दशैं, तिहारको बडा अफर” योजना ल्याएका छौँ । हामीलाई आशा छ यो अफरले हाम्रा नेपाली ग्राहकहरुको चाडपर्वको रौनकलाई अझै बढाउनेछ ।

रियलमीको कुनै पनि स्मार्टफोन खरिद गर्नुभएका ग्राहकहरु यस अफरमा यस योजनामा सहभागी हुन सक्नेछन् । यस योजनामा सहभागी हुनको लागि ग्राहकहरुले केवल www.realmedashaintiharoffer.com वेबसाइटमा गएर आफुले खरिद गरेको स्मार्टफोनको IMEI नम्बर, आफ्नो पूरा नाम र मोबाइल नम्बर दर्ता गर्नु पर्ने हुन्छ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार