८९ अर्ब पुग्यो बैंक तथा वित्तीय संस्थाको यातायात, सञ्चार लगायतका क्षेत्रमा कर्जा प्रवाह

काठमाडौं । पछिल्ला दिनमा (असोज ११ देखिको वर्षा) अविरल वर्षा सँगै आएको बाढी पहिरोको कारण यातायात, सञ्चार लगायतका सार्वजनिक उपयोगका क्षेत्रहरुमा क्षति पुग्यो , जसको कारणले गर्दा विपद्मा मानवीय अवस्था समेत थाहापाउन कठिन भयो । अर्कोतर्फ विपद् अघि गर्नुपर्ने काममा समेत लगानी अभावको कारण समस्या भएको देखिन्छ । विपद्मा अत्यन्तै महत्वपूर्ण मानिने यातायात, सञ्चार लगायतका सार्वजनिक उपयोगका क्षेत्रमा सरकारले निरन्तर लगानी गर्दै आएको छ तर त्यो पर्याप्त नहुदाँ समस्या हुने देखिने गरेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुले वितरण गर्ने कर्जा यातायात, सञ्चार लगायतका सार्वजनिक उपयोगका क्षेत्रमा घटाएको छ ।
राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउनसम्म बैंक तथा वित्तीय संस्थाहरुले यातायात, सञ्चार लगायतका सार्वजनिक उपयोगका क्षेत्रमा कर्जास्वरुप ८९ अर्ब ४९ करोड रुपैयाँ वितरण गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ८ अर्ब ५७ करोड रुपैयाँले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले यातायात, सञ्चार लगायतका सार्वजनिक उपयोगका क्षेत्रमा ९८ अर्ब ६ करोड रुपैयाँ वितरण गरेको थियो ।
राष्ट्र बैंकका अनुसार वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले यातायात, सञ्चार लगायतका सार्वजनिक उपयोगका क्षेत्रमा कर्जा वितरण कम गर्दै लगेका हुन् ।
चालु आर्थिक वर्षको साउनसम्म वाणिज्य बैंकले यातायात, सञ्चार लगायतका सार्वजनिक उपयोगका क्षेत्रमा कर्जास्वरुप ७८ अर्ब ३४ करोड रुपैयाँ वितरण गरेको छ । जुन गत आर्थिक वर्षको भन्दा ५ अर्ब ३१ करोड रुपैयाँले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा वािणज्य बैंकले यातायात, सञ्चार लगायतका सार्वजनिक उपयोगका क्षेत्रमा कर्जास्वरुप ८३ अर्ब ६६ करोड रुपैयाँ वितरण गरेको थियो ।

चालु आर्थिक वर्षको साउनसम्म विकास बैंकले यातायात, सञ्चार लगायतका सार्वजनिक उपयोगका क्षेत्रमा कर्जास्वरुप ८ अर्ब ६१ करोड ८० लाख रुपैयाँ वितरण गरेको छ । जुन गत आर्थिक वर्षको तुलनामा २ अर्ब ४१ करोड रुपैयाँले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा विकास बैंकले यातायात, सञ्चार लगायतका सार्वजनिक उपयोगका क्षेत्रमा कर्जास्वरुप ११ अर्ब २ करोड ८० लाख रुपैयाँ वितरण गरेको थियो ।

चालु आर्थिक वर्षमा वित्त कम्पनीहरुले यातायात, सञ्चार लगायतका सार्वजनिक उपयोगका क्षेत्रमा कर्जास्वरुप २ अर्ब ५२ करोड ९० लाख रुपैयाँ वितरण गरेको छ । जुन गत आर्थिक वर्षको भन्दा ८४ करोड रुपैयाँले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा वित्त कम्पनीहरुले यातायात, सञ्चार लगायतका सार्वजनिक उपयोगका क्षेत्रमा कर्जास्वरुप ३ अर्ब ३७ करोड ३० लाख रुपैयाँ वितरण गरेको थियो । यातायात, सञ्चार लगायतका सार्वजनिक उपयोगका क्षेत्रमा कर्जा प्रवाह बढाउनु पर्नेमा घटाएर बैंक तथा वित्तीय संस्थाले उल्टो काम गरेको विज्ञहरु बताउछन् । यी क्षेत्रहरु ज्यादै महत्वपूर्ण र हजारौं नागरिकहरुलाई फाइदा पुराउने हुदाँ यस क्षेत्रमा लगानी बढाउनु पर्ने विज्ञहरुको भनाई छ । यातायात, सञ्चार लगायतका सार्वजनिक उपयोगका क्षेत्रहरु राम्रो भएमा राष्ट्रिय र अन्तराष्ट्रियस्तरमा राम्रो सन्देश जानुका साथै लाभ लिन सकिने हुदाँ यी क्षेत्रमा सरकार तथा बैंक तथा वित्तीय क्षेत्रले कर्जा प्रवाह बढाउदै लैजानु पर्ने विज्ञहरु बताउछन् ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार