राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सावधानी अपनाउन अनुरोध

Garima_Business-Loan3

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि असोज १६ गतेदेखि दिउँसो वाग्मती र कोशी प्रदेशका केही स्थानमा भारी वर्षा एवं भोली राती कोशी प्रदेशका केही स्थानमा भारी वर्षाको हुने भएकाले  १८ गतेसम्म सावधानी अपनाउन अनुरोध गरेको छ ।

असोज १० देखिको अति भारी वर्षाले धेरै स्थानको जमीन गलेको हुँदा सानो वर्षा थपिँदा समेत ठूलो पहिरो जानसक्ने र कुनै पनि खोलामा एक्कासी बाढी आउन सक्ने जोखिम यथावतै छ। यात्रारत रहँदा पहिरोको जोखिम हेर्दै सावधानीपूर्वक यात्रा गर्नुहुन, ठूलो पानी पर्न लागेको वेला सुरक्षित स्थानमा सवारी रोकी वर्षा रोकिएपछि मात्रा यात्रा गर्नुहुन र नदी किनाराका बस्तीमा एक्कासी बाढी आउन सक्ने सम्भावनालाई मध्यनजर गरी उच्च सतर्कता अपनाउनुहुन एवं पहिरोको जोखिम भएका स्थानका व्यक्तिहरू सुरक्षित स्थानमा स्थानान्तरण हुन अनुरोध गरेको छ ।

प्राधिकरणले जिल्ला विपद व्यवस्थापन समिति र स्थानीय विपद व्यवस्थापन समितिका जिम्मेवार पदाधिकारीहरू, यातायात व्यवसायीहरू, ट्राफिक प्रहरीहरू, यात्रुहरू र नदी किनारका वासिन्दाहरूले तदनुरूप सावधानी अपनाउन निर्देशन दिएको छ  ।

प्राधिकरणका प्रवक्त्ता डा. डिजन भट्टराईले आज एक सुचना जारी गर्दै  प्राधिकरणले जिल्ला विपद व्यवस्थापन समिति र स्थानीय विपद व्यवस्थापन समितिका जिम्मेवार पदाधिकारीहरू, यातायात व्यवसायीहरू, ट्राफिक प्रहरीहरू, यात्रुहरू र नदी किनारका वासिन्दालाई अनुरोध गरेका हुन्  ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार