जितको नजिक पुगेर नेपाल क्यानडासँग पराजित

Garima_Business-Loan3

काठमाडौं । क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा नेपाल पराजित भएको छ । घरेलु टोली क्यानडासँग नेपाल ४ विकेटले पराजित भएको हो ।

नेपालले दिएको १ सय ४० रनको लक्ष्य क्यानडाले १९.३ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।

क्यानडाका लागि साद विन जाफरले १८ बलमा ४ चौका र १ छक्काको सहयोगमा नट आउट ३३ रन जोडे । कप्तान निकोलस किर्तनले १४ बलमा १ चौका र २ छक्काको सहयोगमा २६ रन बनाए ।

रविन्द्रपाल सिंहले २१ बलमा नट आउट २०, नवनित धालिवालाले १२ तथा दिलप्रित बाज्वाले २५ रन नजजोडे । नेपालका लागि ललित राजवंशी र सन्दीप लामिछानेले समान २ तथा सोमपाल कामीले १ विकेट लिए ।

त्यसअघि टस हारे ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३९ रनको मध्यम योगफल तयार गर्न सक्यो ।

दमदार सुरुवात गरेको नेपालका मध्यक्रममा ब्याटरले खराब प्रदर्शन गर्दा ठूलो लक्ष्य खडा गर्न चुकेको थियो । नेपालले ९.१ ओभरमा ७० रन जोड्दा पहिलो विकेटको रुपमा ओपनर अनिल शाहलाई गुमाएको थियो । शाहले ३० बलमा ४ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ४१ रन जोडे । अर्को ओपनर आसिफ शेखले ३० बलमा ३ चौका र १ छक्काको सहयोगमा ३० रन बनाए ।

१३.५ ओभरमा स्कोर बोर्डमा ८३ रन पुग्दा नेपालले ४ विकेट गुमाइसकेको थियो । छौठो नम्बरमा आएका

गुलशन झाले १६ बलमा २ छक्काको सहयोगमा २३ रन बनाए ।

लक्ष्यको पिछा गर्ने क्रममा एक समय क्यानडा १५ ओभरमा जम्मा ९० रनको अस्थितिमा थियो । अन्तिम पाँच ओभरमा ५० रन रक्षा गर्न नसक्दा नेपाल पराजित भएको हो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार