मुक्तिनाथ क्यापिटलको साधारण सभाद्धारा लाभांश पारित

Garima_Business-Loan3

काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटडको १५औं वार्षिक साधारणसभा असोज ११ गते सम्पन्न भएको छ ।साधारणसभा काठमाडौंमा संस्थाका अध्यक्ष समिर शेखर बज्राचार्यको अध्यक्षतामा सम्पन्न भएको हो ।

सभाले लेखापरीक्षकको प्रतिवेदनसहितको २०८१ आषाढ मसान्तको वासलात र सोही मितिमा समाप्त आर्थिक वर्ष २०८०/ ८१ को नाफा नोक्सान हिसाब तथा नगद प्रबाह विवरण र सम्बन्धित अनुसूचीहरू छलफल गरी पारित गरेको थियो ।

त्यस्तै, सभामा शेयरधनीलाई ७ दशमलव ५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित भएको छ ।

साथै साधारणसभाले आव २०८१/ ८२ को लेखापरीक्षण गर्नका लागि नगरकोटी सुसन एण्ड एसोसियट्स, चाटर्ड एकाउण्टेन्ट्सलाई लेखापरीक्षकमा नियुक्ति तथा निजको पारिश्रमिक अनुमोदन गरेको छ ।

साथै, उक्त सभाले विशेष प्रस्ताव अन्तर्गत कम्पनीको नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्तावसमेत पारित गरेको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार