नेपाल वेयरहाउजिङ्ग कम्पनीको कात्तिक ७ मा विशेष साधारण सभा

Garima_Business-Loan3

काठमाडौं ।  नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडले कात्तिक ७ गते विशेष साधारण सभा बोलाएको छ । असोज १५ गते बसेको सञ्चालक समितिको बैठकले सभा अमृतभोग क्याट्रिङ प्रालि, कालिकास्थान, काठमाडौंमा दिउँसो ३ बजे सुरु गर्ने निर्णय गरेको हो । सभामा कम्पनीले १०० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पेश गर्नेछ ।

साथै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने सम्बन्धमा पनि छलफल हुनेछ । विशेष साधारण सभा सभा प्रयोजनका लागि कम्पनीले कात्तिक २ गते बुक क्लोज गर्नेछ । यस बुक क्लोजको आधारमा कात्तिक १ गतेसम्म कायम शेयरधनीले मात्र सभामा सहभागिता जनाउन सक्नेछन् ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार