९ महिनामा भित्रिए ८ लाख बढी पर्यटक

Garima_Business-Loan3

काठमाडौं । पछिल्लो नौ महिनाको अवधिमा ८ लाख जना बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२४ को नौ महिनामा विभिन्न देशका ८ लाख १६ हजार ६३९ विदेशी पर्यटक नेपाल आएका हुन् ।

बोर्डका अनुसार सेप्टेम्बरमा ९३ हजार ३०५ विदेशी पर्यटन नेपाल भित्रिएका हुन् । उक्त संख्या सन् २०२३ को सोही अवधिको तुलनामा ५.८२ प्रतिशत बढी हो । गत वर्षको सेप्टेम्बरमा ९१ हजार १२ जना विदेशी पर्यटक नेपाल आएका थिए ।

बोर्डका अनुसार सन् २०२२ को सेप्टेम्बरमा ५८ हजार ३१४ जना, सन् २०२१ मा ९ हजार ९०७ जना, सन् २०२० मा ५८४ जना र सन् २०१९ मा ९२ हजार ६०४ जना पर्यटक भित्रिएका थिए ।

सन् २०२४ को जनवरीमा ७९ हजार १००, फेब्रुअरीमा ९७ हजार ४२६ मार्चमा १ लाख २८ हजार १६७, अप्रिलमा १ लाख ११ हजार ३७६, मे मा ९० हजार २११ पर्यटक नेपाल भित्रिएका छन् ।

त्यस्तै जुन महिनामा ७६ हजार ७३६, जुलाईमा ६४ हजार ५९९, अगस्टमा ७२ हजार ७१९ जना र सेप्टेम्बरमा ९६ हजार ३०५ पर्यटक नेपाल भित्रिएका हुन् ।

सन् २०२४ को सेप्टेम्बरमा सबैभन्दा बढी भारतीय पर्यटक आएका छन् यस अवधिमा भारतबाट २२ हजार ९८४ जना नेपाल आएका हुन् ।

त्यस्तै सोही अवधिमा चीनबाट ८ हजार ४२ जना, अमेरिकी पर्यटक १० हजार ८४ जना, बंगलादेशबाट ४ हजार १०३ जना, जर्मनीबाट २ हजार ७०४ र युकेबाट ४ हजार ४९३ जना पर्यटक नेपाल आएका छन् ।

त्यसै गरी अगस्टमा भुटानबाट १ हजार १०८, अस्ट्रेलियाबाट ५ हजार ३८, जापानबाट १ हजार ८८७ जना, श्रीलंकाबाट ४ हजार ९१५, साउथ कोरियाबाट २ हजार ३५१ जना र मलेसियाबाट २ हजार २८० जना विदेशी पर्यटक आएका छन् ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार