यी हुन् २० सर्वाधिक शेयर कारोबार गर्ने कम्पनी

Garima_Business-Loan3

काठमाडौं । सोमबार र मंगलबार बढेको शेयर बजार बुधबार भने दोहोरो अंकले घटेको छ । बुधबार नेप्से परिसूचक २६.०७ अंकले घटेर २५९७.४९ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ४.१० अंकले घटेर ४६६.७१ विन्दुमा पुगेर बन्द भएको छ ।

बुधबार ३१० वटा कम्पनीको १ करोड ५१ लाख ९९ हजार ७६३ कित्ता शेयर कारोबार हुदाँ कारोबार रकम ६ अर्ब ७७ करोड ८१ लाख ९५ हजार रुपैयाँ रह्यो । जुन मंगलबारको तुलनामा ८३ करोड ८३ लाख २७ हजार रुपैयाँले कम हो । मंगलबार ७ अर्ब ६१ करोड ६५ लाख २२ हजार रुपैयाँ कारोबार रकम रहेको थियो ।

बुधबार सबैभन्दा बढी कारोबार हुनेमा नेपाल फाइनान्स, हिमालयन रिइनस्योरेन्स, गुडविल फाइनान्स लिमिटेड, नेपाल बैंक लिमिटेड र शिवम सिमेन्ट रह्यो । नेपाल फाइनान्सको २० करोड ७१ लाख रुपैयाँ, हिमालयन रिइन्स्योरेन्सको १७ करोड ३१ लाख रुपैयाँ, गुडविल फाइनान्स लिमिटेडको १५ करोड ९६ लाख रुपैयाँ, नेपाल बैंक लिमिटेडको १५ करोड २७ लाख रुपैयाँ र शिवम सिमेन्टको १३ करोड ७५ लाख रुपैयाँ बराबर कारोबार भयो ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार