नेपालको अर्थतन्त्रको आकारमा वृद्धि  

Garima_Business-Loan3

काठमाडौं ।  नेपालको अर्थतन्त्रको आकारमा वृद्धि भएको छ । पछिल्लो वर्ष नेपालको अर्थतन्त्रको आकार २.०१ प्रतिशतले वृद्धि हुदै ३.८७ प्रतिशतले विस्तार भएको अर्थ मन्त्रालयले बताएको छ । मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८०/८१ मा नेपालको अर्थतन्त्र ३.८७ प्रतिशतले विस्तार भएको अनुमान छ । आर्थिक वर्ष २०७९/८० मा नेपालको अर्थतन्त्र १.८६ प्रतिशतले विस्तार भएको थियो ।
विगतका वर्षदेखि नै कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान घट्दै र गैरकृषि क्षेत्रको योगदान बढ्दै गएको छ। यद्यपि, आर्थिक वर्ष २०८०/८१ मा कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान अघिल्लो आर्थिक वर्षको २३.९ प्रतिशतको तुलनामा केही बढेर २४.१ प्रतिशत पुगेको छ । आर्थिक वर्ष २०७९/८० मा कुल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः २३.९ प्रतिशत, १३.६ प्रतिशत र ६२.५ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०८०/८१ मा यस्तो योगदान क्रमशः २४.१ प्रतिशत, १३.० प्रतिशत र ६२.९ प्रतिशत रहेको अनुमान छ ।

पछिल्लो दशकको आर्थिक वृद्धिदरमा केही उतारचढाव देखिएको छ । यद्यपि, गैरकृषि क्षेत्रको तुलनामा भने कृषि क्षेत्रको वृद्धिदर केही स्थिर रहेको छ । यस अवधिमा आर्थिक वृद्धिदर औसत ४.१६ प्रतिशत रहेको छ। यस अवधिमा कृषि क्षेत्रको वृद्धिदर औसत २.७५ प्रतिशत र गैरकृषि क्षेत्रको वृद्धिदर ४.४५ प्रतिशत रहेको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार