पर्व लक्षित छुट मूल्यमा चामल बिक्री सुरु

Garima_Business-Loan3

काठमाडौं । चाडपर्व नजिकैसँगै सरकारले सहुलियत तथा छुट मूल्यमा सामान बिक्री सुरु गरेको छ । मधेश प्रदेशको

जनकपुरधाममा सहुलियत तथा छुट मूल्यमा चामल बिक्री सुरु भएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय जनकपुरधामले सहुलियत मूल्यमा चामल बिक्री सुरु गरेको हो । कार्यालयले अरुवा सोना मन्सुली तथा बासमती चामल सहुलियत तथा छुट मूल्यमा बिक्री सुरु गरेको हो ।

अरुवा सोना मन्सुली प्रतिकेजी ६० रुपैयाँ तथा बासमती चामल प्रतिकेजी ११८ रुपैयाँ दरले मूल्य निर्धारण गरिएको छ । उक्त मूल्य बजार मूल्यभन्दा प्रतिकिलो पाँच रुपैयाँ सस्तो हो ।

मुजेलियास्थित खाद्यको कार्यालय हाताभित्र बुधबारदेखि सुरु भएको सहुलियत दरको चामल बिक्री माघ २ गतेसम्म रहने कार्यालयले जानकारी दिएको छ । सो सहुलियत तथा छुट मूल्यका लागि २०० क्विन्टल चामलको कोटा निर्धारण गरिएको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार