कृषि कम्पनीको स्वतन्त्र संचालकमा कृषि विज्ञ शरद चन्द्र श्रेष्ठ नियुक्त

Garima_Business-Loan3

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको स्वतन्त्र संचालकमा कृषि विज्ञ शरद चन्द्र श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीै असोज १६ गते सम्पन्न सञ्चालक समितिको ८५ औं बैठकको निर्णय बमोजिम रिक्त रहेको स्वतन्त्र संचालकमा कृषि प्रसार विज्ञ तथा स्थायि तानसेन, पाल्पा घर भई हाल टोखा, काठमाडौं निवासी श्रेष्ठलाई नियुक्ति गरेको छ ।

नेपाल सरकार, कृषि तथा पशुपन्छि विकास मन्त्रालयका सेवा निवृत्त सहसचिव तथा गण्डकी प्रदेश, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सचिवको समेत जिम्मेवारी निर्वाह गरिसकेका श्रेष्ठको नियुक्तिले आम कृषक, उपभोक्ता, व्यवसायिक साझेदार, सहकारी, सरकारी तथा गैरसरकारी सरोकारवालाहरुसंगको सहकार्य र लगानीकर्ताहरुको विश्वासमा थप टेवा पुग्ने कम्पनीले अपेक्षा राखेको विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार