सुन र चाँदीको मूल्य बढ्यो

Garima_Business-Loan3

काठमाडौं । आज सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रति तोला एक लाख ६० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रति तोला एक लाख ६० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । बुधबारको तुलनामा बिहीबार छापावाल सुन सय रुपैयाँले बढेको छ ।

चाँदी प्रति तोला १५ रुपैयाँले बढेको छ । आज चाँदी प्रति तोला एक हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार