पौने ३६ अर्बले बढ्यो व्यक्तिगत आवास कर्जा

काठमाडौं । सरकारले जग्गा वर्गीकरण नीति ल्याएदखि विशेष गरी जग्गा कारोबारमा गिरावट आए पनि व्यक्तिगत आवास कर्जामा परेको असर भने विस्तारै हट्दै गएको नेपाल राष्ट्र बैंकले बताएको छ । राष्ट्र बैंकका अनुसार व्यक्तिगत आवास कर्जा मागमा भने वृद्धि भएको जनाएको छ जसले गर्दा बैंक तथ वित्तीय संस्थाले व्यक्तिगत आवास कर्जा प्रवाह बढाएका छन् ।

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउनसम्म बैंक तथा वित्तीय संस्थाहरुले व्यक्तिगत आवास कर्जास्वरुप ३ खर्ब ९५ अर्ब २३ करोड रुपैयाँ वितरण गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ३५ अर्ब ८७ करोड रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले व्यक्तिगत आवास कर्जास्वरुप ३ खर्ब ५९ अर्ब ३६ करोड रुपैयाँ वितरण गरेको थियो ।

राष्ट्र बैंकका अनुसार वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले व्यक्तिगत आवास कर्जा वितरण बढाउदा समग्र कर्जा प्रवाह बढेको हो । चालु आर्थिक वर्षको साउनसम्म वाणिज्य बैंकले व्यक्तिगत आवास कर्जास्वरुप ३ खर्ब १६ अर्ब ३७ करोड रुपैयाँ वितरण गरेको छ । जुन गत आर्थिक वर्षको भन्दा २७ अर्ब ७२ करोड रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा वािणज्य बैंकले व्यक्तिगत आवास कर्जास्वरुप २ खर्ब ८८ अर्ब ६५ करोड रुपैयाँ वितरण गरेको थियो ।

चालु आर्थिक वर्षको साउनसम्म विकास बैंकले व्यक्तिगत आवास कर्जास्वरुप ६५ अर्ब ६३ करोड रुपैयाँ वितरण गरेको छ । जुन गत आर्थिक वर्षको तुलनामा ६ अर्ब ८७ करोड रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा विकास बैंकले व्यक्तिगत आवास कर्जास्वरुप ५८ अर्ब ७५ करोड ३० लाख रुपैयाँ वितरण गरेको थियो ।

चालु आर्थिक वर्षमा वित्त कम्पनीहरुले व्यक्तिगत आवास कर्जास्वरुप १३ अर्ब २३ करोड ३० लाख रुपैयाँ वितरण गरेको छ । जुन गत आर्थिक वर्षको भन्दा १ अर्ब २७ करोड रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा वित्त कम्पनीहरुले व्यक्तिगत आवास कर्जास्वरुप ११ अर्ब ९६ करोड रुपैयाँ वितरण गरेको थियो । व्यक्तिगत आवास कर्जा बढ्नुमा भने व्यक्तिहरुको आम्दानी बढेको र अर्कोतर्फ अति आवश्यक वस्तुको रुपमा आवास रहेको हुदाँ कर्जाको माग बढेको बैंकरहरु बताउछन् । घरजग्गा वर्गीकरणले विशेष गरी जग्गा किनबेचमा असर पर्दा कर्जा प्रवाह समेत प्रवाहित भएको अवस्थाबाट वर्तमान अवस्था पार भइसकेको हुदाँ अवासीय कर्जा बढेको उनीहरुको भनाई छ । विप्रेषण बढेको कारण आवासीय कर्जामा वृद्धिदर देखिएको बैंकरहरु बताउछन् । वैदेशिक रोजगारीमा गएका व्यक्तिहरुले नेपालमा घर बनाउनको लागि कर्जा लिने तथा सापटी लिने परिपाटीले गर्दा आवासीय कर्जा वृद्धि भएको उनीहरुको भनाई छ ।

भूमि व्यवस्था तथा अभिलेख विभागले पनि पछिल्लो समय घरजग्गाको कारोबार बढेको तथा विशेष गरी काठमाडौंमा उक्त कारोबार बढेको बताएको छ । विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो महिना अर्थात् साउनमा काठमाडौंमा २ हजार १७० संख्यामा घरजग्गा कारोबार भएको छ। यो गत वर्ष सोही महिनाको तुलनामा २३.२९ प्रतिशतले बढी हो।गत साउनमा काठमाडौंमा १ हजार ७६० संख्यामा घरजग्गा कारोबार भएको थियो। कारोबार संख्या बढेसँगै राजस्व पनि वृद्धि भएको विभागले बताएको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार