प्रिमियरमा आइपिओ ल्याउन लागेको मारुति सिमेन्टको साधारणसभा हुँदै

काठमाडौं । मारुती सिमेन्ट्सले आफ्नो ३० औँ वार्षिक साधारणसभा कात्तिक ११ गते वार्षिक साधारणसभा विराटनगरस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा बिहान ११:३० बजे बोलाएको छ ।

साधारणसभामा आर्थिक वर्ष २०८०।८१ को मुनाफा तथा सञ्चित मुनाफाबाट कम्पनीका शेयरधनीहरुलाई चुक्तापुँजीको ४ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव अनुमोदन गरी पारित गर्ने पर्सताब रहेको छ ।

साधारणसभाले सञ्चालक समितिको निर्णयबाट विभिन्न बैकहरुबाट लिइएको ऋण अनुमोदन तथा स्वीकृत गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । आर्थिक वर्ष २०८०।८१ मा सञ्चालक समितिबाट भएका निर्णयहरु पनि सभाले अनुमोदन गर्नेछ। सभाले गत आर्थिक वर्षमा सञ्चालक समितिले संस्थागत सामाजिक उत्तदायित्वअन्तर्गत प्रदान गरेको १ लाख रुपैयाँभन्दा माथिको रकम स्वीकृत गर्नेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन अनुमोदन गर्नेछ । चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने निर्णय सभाले पारित गर्नेछ।

कम्पनीले गत वर्ष पुस २६ गते आइपीओ अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको थियो । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा २७७ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ३७७ रुपैयाँको दरले आइपीओ ल्याउन अनुमति माग गरेको छ ।

धितोपत्र बोर्डले अनुमति प्राप्त गरेमा  कम्पनीले १ करोड १६ लाख कित्ता साधारण शेयर निष्कासन गर्नेछ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार