CLI

धितोपत्रबोर्डको अध्ययक्ष नियुक्ति प्रक्रिया अगाडी बढ्यो, अन्तवार्तामा सहभागि भए पहिलेका बिद्रोही

काठमाडौं । यसअघि धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका लागि निम्ति नाम सिफारिस गर्न गठन भएको सिफारिस समितिले अन्तर्वार्ता र कार्ययोजना प्रस्तुतीकरणमा सहभागी नभएका ३ जना उम्मेदवारलाई आज असोज १८ गते फेरि अन्तर्वार्ताका लागि बोलाएको छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वोमा  गठित समितिले सर्टलिस्टमा परेर अन्तर्बार्ता र प्रस्तुतिकरणमा  सहभागी नभएका  धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा नवराज अधिकारी, नेप्सेका सीईओ कृष्णबहादुर कार्की र तत्कालीन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाइँलाई पुन सुचना प्रकाशित गरी  अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीकरणका लागि बोलाएको हो ।

यसअघि तत्कालीन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठको नेतृत्वमा गठित सिफारिस मितिले गत वर्ष चैत २५ गते १९ जना उम्मदेवारमध्ये ५ जनाको नाम सर्टलिस्ट गरेको थियो। जसमा अधिकारी, कार्की र चापागाइँसहित धितोपत्र बोर्डकै अर्का कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ र सन्तोषनारायण श्रेष्ठ थिए।

समितिले गत असार २ गते ती ५ उम्मेदवारलाई अन्तर्वार्ता र कार्ययोजना प्रस्तुतीकरणका लागि बोलाएको थियो। तर, श्रेष्ठद्वयले मात्रै अन्तर्वार्ता दिए भने बाँकी ३ जना अधिकारी, कार्की र चापागाइँ भने उपस्थित भएनन् । उपस्थित नभएका अधिकारी, कार्की र चापागाइँलाई समितिले फेरि असार ५ गते फेरि अन्तर्वार्ताका लागि बोलाएको थियो। तर, उनीहरु गएनन्।

त्यसपछि सिफारिस समितिले धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गरेको थियो। समितिले यो निर्णय विरुद्ध अन्तर्वार्तामा सहभागी सन्तोषनारायण श्रेष्ठले सर्वोच्च अदालतमा रिट दिए। हाल यो मुद्दा सर्वोच्चमा विचाराधीन अवस्थामा रहेको छ।

अर्थ मन्त्रालयले धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति प्रक्रियामा देखिएको जटिलताका विषयमा महान्यायाधिवक्ताको कार्यालयमा दुईपटक रायसमेत मागेको छ। दुवैपटक महान्यायाधिवक्ताको पुरानै प्रक्रिया अगाडि बढाउन राय दिएको थियो।

अब ती ३ जना उम्मेदवार अन्तर्वार्तामा सहभागी भएमा समितिले ५ मध्ये ३ जनाको नाम छनौट गरी पठाउने छ । सिफारिस ३ मध्ये १ जनालाई   मन्त्रिपरिषदको निर्णयबाट धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति गरिनेछ।

 

Leave Your Comment

Related News