सुनचाँदीको मूल्य बढ्यो

Garima_Business-Loan3

काठमाडौं । आज सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रति तोला एक लाख ६१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार छापावाल सुन प्रति तोला एक लाख ६० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । बिहीबारको तुलनामा शुक्रबार छापावाल सुन चारसय रुपैयाँले बढेको छ ।

चाँदी प्रति तोला १५३० रुपैयाँले बढेको छ । आज चाँदी प्रति तोला एक हजार ९८० रुपैयाँमा कारोबार भइरहेको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार