धितोपत्र बोर्ड अध्यक्षको अन्तवार्ता स्थगित

Garima_Business-Loan3

काठमाडौं । नेपाल धितोपत्र बोर्ड अध्यक्षको अन्तवार्ता तथा प्रस्तुतीकरण फेरी स्थगित भएको छ । अध्यक्ष सिफारिसका लागि गठित समितिका संयोजक, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारीको स्वास्थ्यमा समस्या आएर उपस्थित हुन नसक्दा अन्तवार्ता तथा प्रस्तुतीकरण स्थगित भएको स्रोतले जानकारी दिएको छ ।

यस अघिका अन्तरवार्ता तथा प्रस्तुतीकरणमा अनुपस्थित रहेका ३ उम्मेदवारका लागि शुक्रबार बोलाईएको थियो ।

यस अघिका अन्तरवार्ताहरुमा सर्टलिस्टमा परेकामध्ये डा. नवराज अधिकारी, कृष्ण बहादुर कार्की र चिरञ्जीवी चापागाई अनुपस्थित थिए । उनीहरुका लागि असोज १८ गते शुक्रबार पुनस् अन्तरवार्ता बोलाइएको थियो । सर्टलिस्टमा परेका पाँच जनामध्ये सन्तोष नारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठले अन्तरवार्ता दिएका थिए । धितोपत्र बोर्ड २०८० पुस २० अध्यक्ष विहीन छ । अर्थमन्त्रालयबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने महेश बरालले अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार