होन्डाको चाडवाड योजनामा ४ जना भाग्यशाली ग्राहकले जिते ४  लाख रुपैयाँ

काठमाडौं । दसैं, तिहार र छठको अवसरमा होण्डा टु व्हीलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले ‘हाम्रो चाडबाड, होन्डाको खुशियाली बारबार’ योजना अन्तर्गत ४ जना भाग्यशाली  ग्राहकले नगद उपहार जित्न सफल भएका छन् । उपहार जित्नेहरुमा निश्चल घर्ती ( तिरुमाला मोटर्स, डिलर एकान्तकुना), प्रतिभा भण्डारी (युनाइटेड मोटर्स प्रा. लि, डिलर भरतपुर), सन्तोष सुवेदी (आस्था ट्रेडर्स, डिलर ,वालिङ) र शान्ति साउद ( के.डी अटोमोबाइल्स डिलर, महेन्द्रनगर) रहेका छन् । उनीहरुले जनही १ लाख रुपैयाँ नगद प्राप्त गरेका हुन् ।

कम्पनीले पुरस्कार वितरण सँगै आफना ग्राहकहरूले ठूलो पुरस्कार जितेको देखेर र उहाँहरुसङ्ग दशैंको खुशियालीमा सहभागी हुन पाउँदा निकै उत्साहित भएको जनाएको छ । यो पर्व खुशी र एकताको प्रतीक हो, र हामी यस योजनामार्फत यसको हिस्सा बन्न पाउँदा गर्व गर्दछौं । ‘हाम्रो चाडबाड, होण्डाको खुशियाली बारबार’, योजना अझै चलिरहेको छ, जसले ग्राहकहरूलाई थप रोमाञ्चक नगद पुरस्कार जित्ने अवसर दिने छ। यो योजना होण्डा इजी फाईनान्समा पनि उपलब्ध रहेको छ।

कम्पनीका अनुसार हामी हाम्रा सबै ग्राहक महानुभावहरूलाई चाडपर्वको उत्सवमा होण्डाको शोरूमहरूमा आउन प्रोत्साहन
गर्दछौं तथा चाडबाडको रमाइलो बढाउँदै होण्डा बाइक र स्कुटर घर ल्याएर यस उत्सवमा खुशियाली थप्नुहोस् भन्न चाहन्छौं।

यो योजना अन्तर्गत ग्राहकहरूले होण्डाको कुनै पनि मोटरसाइकल तथा स्कुटरको खरिदमा स्क्रयाच कुपन प्राप्त गरी १० लाख रुपैयाँ नगद जित्न सक्नेछन्। यसका साथै ‘चुज गोर स्किम’ अर्न्तगत ग्राहकहरूले १० हजारसम्मको थप स्क्रयाच कार्ड पाउन सक्नुहुनेछ वा १२ हजार ५०० बराबरको ५ वर्षे AMC Package पाउन सक्नेछन् वा बाई १ गेट १ सर्भिसिङ, ७ वर्षसम्म सित्तैमा पाउन सक्नेछन्।

साथै होन्डाको बिग बाइक्सहरुमा १ लाखसम्म छुट पनि पाउन सक्नेछन्। यो योजना सीमित अवधिको लागि मात्र लागू हुनेछ। नेपालमा सर्वाधिक रुचाइएको होण्डा मोटरसाइकल तथा स्कुटरको हकमा आएको यो आकर्षक उपहार योजनाले ग्राहकहरूमा थप उत्साह जगाउने विश्वास कम्पनीले लिएको छ। यो Scheme Honda Easy Finance मा पनि लागु हुनेछ।

 

 

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार