CLI

तत्कालका लागि अपि पावरको बोनश शेयर र नगद लाभांश स्थगित

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले बोनश शेयर र नगद लाभांश वितरण स्थगित गरेको छ । विद्युत नियमन आयोगबाट मुनाफा वितरण गर्न नमिल्ने जानकारी सहितको पत्र प्राप्त भए सँगै कम्पनीले बोन शेयर र नगद लाभांश वितरण तत्कालका लागि रोक लगाएको हो ।

भदौ ७ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार अपि पावर कम्पनी लिमिटेडको आ.व. २०८०/८१ को खुद मुनाफा तथा शेयर प्रिमियमबाट कायम रहेको चुक्ता पूँजी ५ अर्ब ७८ करोड ६५ लाख रुपैयाँको कम्पनीका विद्यमान शेयरधनीहरुलाई ९ प्रतिशतका दरले वोनश शेयर र ०.४७३७ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश घोषणा गरिएको थियो जुन हाललाई स्थगित गरिएको हो ।

आयोगमा अपि पावर कम्पनी लिमिटेडले पेश गरेको आवेदन विचाराधीन अवस्थामा रहेको तथा कम्पनीले २१ औं वार्षिक साधारण सभामा प्रस्ताव गरेको वोनश शेयर (लाभांश) र मूल्य समायोजन प्रकृयामा असर पर्ने देखिएकोले उक्त लाभांश वितरणको विषयमा नियामक निकाय आयोगबाट उक्त निर्णयको पुनरावलोकन भई निर्णय प्राप्त नभएसम्मका लागि कम्पनीको आ.व. २०८०/८१ को २१औं वार्षिक साधारण सभा र शेयर दर्ता किताब बन्द हुने मिति हाललाई स्थगित गरिएको समेत बताइएको छ । यसबाट पर्न गएको असुविधा कम्पनी लिमिटेड खेद प्रकट गर्दै आयोगबाट पुनरावलोकन भई निर्णय जारी भएपश्चात् कम्पनी लिमिटेडको स्थगित २१ औं वार्षिक साधारणसभा तथा शेयर दर्ता किताब बन्द हुने मिति पुनः तय गरिने बताइएको छ ।

Leave Your Comment

Related News